Bisal Chautari Logo

फरक अवतारमा दयाहाङ दीयासंग प्रेमभाव जोड्दै, ‘वीर विक्रम’को गीत सार्वजनिक (भिडियो)

- २७ फाल्गुन २०७२, बिहीबार १६:३० मा प्रकाशित


Dayahang Rai and  Diya Pun song Bir Bikram movie
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ फागुन २७ बिहिबार । चर्चित निर्देशक मिलन चाम्सद्धरा निर्देशित चलचित्र ‘वीर विक्रम’को अफिसियल गीत सार्वजनिक गरिएको छ । सार्वजनिक ‘सारे सारे..’ बोलको गीतमा दयाहाङ राई र दिया पुन: फिचरिङमा छन् । सार्वजनिक गीतमा अभिनेता दयाहाङ राई पहिलो चोटी फरक अबतारमा देख्न सकिन्छ ।
Dayahang Rai and  Diya Pun song Bir Bikram movieप्रेमभाव झल्काउने सार्वजनिक गीतमा दीपा लामा र ताराप्रकाश लिम्बुको स्वर रहेको छ, भने शब्द दिनेश राउतको तथा संगीत पनि गायक लिम्बुको नै रहेको छ । रेनशा वान्तवा राईले कोरियोग्राफी गरेको यो गीत सार्वजनिक भएसंगै अभिनेता दयाहाङ फरक लुक्समा भएका कारणपनि सिनेमाको चर्चा अझबढी चुलिने देखिएको छ ।
यो चलचित्रमाा दयाहाङ र दियासगै अनुपबिक्रम शाही र अर्पण थापा पनि लिड रोलमा छन् । सामाजिक कथा बोल्ने यो चलचित्र अप्रिल २ लण्डनमा प्रिमियर हुदैछ । त्यसपश्चात हङकङ प्रिमियरको तयारीमा पनि निर्माण युनिट छ । यद्धपी चलचित्रको नेपाल रिलिज भने तय भईसकेको छैन् । सिनेमाको चर्चा भने थपिदै गइरहेकोले दर्शकहरु यो सिनेमाको पर्खाइ अर्थात वर्ष ०७३को अत्याधिक पर्खाइमा रहेका छन् ।

New Nepali Movie “Bir Bikram” Dayahang Rai Latest Movie 2016
Chams Entertainment Presents
Movie : “BIRBIKRAM”
SONG : Sare Sare…
CAST : Dayahang Rai, Arpan Thapa, Anup Bikram Shahi, Diya Pun
LYRICS : Dinesh Raut
MUSIC : Tara Prakash Limbu
SINGER: Tara Prakash Limbu , Dipa Lama
CHOREOGRAPHER : Renasha Rai
STORY: Yam Thapa
CINEMATOGRAPHER : Ram KC
EDITOR : Arjun G C
CO-PRODUCERS:Shiva Prasad Rai, Anila Rai,Pritivi Rai,Venusara Rai
EXECUTIVE PRODUCER : UB Chams
DIRECTOR /PRODUCER : Milan Chams
PRODUCTION : Chams Entertainment

प्रतिक्रिया