Bisal Chautari Logo

मोडल मनि चाम्लिङ्ग संघीय खुम्वुवान पार्टीमा प्रवेश

- २६ फाल्गुन २०७२, बुधबार १६:०१ मा प्रकाशित


Mani Chamling rai model
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ फागुन २६ बुधबार । नेपालमा पहिलो पटक मोडलको तर्फबाट सोलो एल्बम ल्याएर होस्, या त म्युजिक भिडियोमा अभिनेत्री प्रियंका कार्कीसंगको रोमान्सको कारण चर्चामा आइरहने नाम हो मोडल मनि चाम्लिङ्ग । पेषाले लाहुरे मोडल मनि चाम्लिङ्ग अब दर्शक माझ दुई किसिमले आउने भएका छन् । दर्शक श्रोताहरु माझमा अभिनय लिएर आइरहने मोडल मनि अब भने संघीय खुम्वुवान पार्टीमा प्रवेश गरेका छन् ।
Mani Chamling rai modelविशाल चौतारी डटकमसंग कुरा गर्दै अब नेपाली जनताको माझ बसेर नेपाली जनताको हक अधिकार सुनिश्चित गर्नको लागी पार्टीमा प्रवेश गरेको बताएका छन् । संघीय खुम्वुवान पार्टीको हालै भएको महाधिवेशनमा केन्द्रिय सदस्यमा दिएको उम्मेदवारी घोषणा पछि निविरोध निर्वाचित भएका हुन् । नेपाली कलाकारिता जगतबाट आफुलाई स्थापित गर्दै अब नेपाली राजनितिक क्षेत्रमा पनि आफु सजिलो संग स्थापित हुने विशाल चौतारी डटकमलाई बताए ।

प्रतिक्रिया