Bisal Chautari Logo

मेनुकाको ‘हे प्यारा प्यारा’….. (भिडियो सहित)

- १० फाल्गुन २०७२, सोमबार १६:२७ मा प्रकाशित


Menuka Tamang Rai song Hey Pyara Pyara
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ फागुन १० सोमबार । २ दशक अगाडीदेखी नेपाली साङ्गीतिक क्षेत्रमा लागिरहेकी चर्चित गायिका मेनुका तामाङ राईले पछिल्लो चोटी ‘हे प्यारा प्यारा’ बोलको गीत युट्युव मार्फत सार्वजनिक गरेकी छिन् । सार्वजनिक गीत गायिका मेनुकाले गाइरहेको भन्दा केही फरक शैलिमा तयार भएको छ ।
Menuka Tamang Rai song Hey Pyara Pyara‘लाइफ’ एल्बममा समावेश रहेको हे प्यारा प्यारा बोलको म्यूजिक भिडियोलाई पासाङ् योञ्जन लामाले निर्देशन गरेका हुन् भने अकेशा र बोनीको अभिनय रहेको छ । भुपेन्द्र खड्काको शब्द, राज्य राई डेमिनको संगीत अनि अमृत सुनुवारको छायाकनमा रहेको म्यूजिक भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन् ।
खोटाङमा जन्मे–हुर्केकी मेनुकाले २०५६ सालबाट आफ्नो सांगीतिक यात्रा सुरु गरेकी हुन् । गायिका मेनुका राई पछिल्लो समय गीतहरु सार्वजनिक संगै विदेश कार्यक्रमहरुमा पनि धेरै ब्यास्त भइरहेकी छिन् । गायिका मेनुकाले विदेशको छाउनीमा, मौरी घुम्छ फूलको बोटैमा, जिन्दागीमा तिमी, आज तिम्रो पिरतीमा, ए प्रिय ,१,२,३, तिम्रै बाटो, माया आहारिसे, सहारा मन जस्ता लगभग २०० भन्दा बढी गीतमा गाइसकेकी छिन् ।

Hey Pyara Pyara – Menuka Tamang Rai Ft. Akesha Bista | New Nepali Lok Pop Song 2016

New Nepali Lok Pop Song 2016 “Hey Pyara Pyara” By Menuka Tamang Rai featuring Akesha Bista
Vocal: Menuka Tamang Rai
Album: Life
Lyrics: Bhupendra Khadka
Arrange: Sanjay Hamal
Music: Rajya Rai Demin
Studio: Musician
Model: Akesha Bista, Boney and Group
MakeUp By: Seema Gurung
Choreography: Prashant Tamang
Cinematographer: Amrit Sunuwar
Edit: Nishan Ghimire
Assistant Direction: Kajin Karki
Direction: Pasang Yonzon Lama

प्रतिक्रिया