Bisal Chautari Logo

राजेश हमालले इन्गेजमेन्ट गर्दा मितज्यु राजेशपायलको पालो कहिले ?

- १ जेष्ठ २०७१, बिहीबार ०६:०२ मा प्रकाशित


RAJESH-HAMAL-GOT-ENGAGED-RAJESH-PAYALS-RAI-TURN-NOW
विशाल चौतारी समाचार 
काठमाडौं, २०७१ जेठ १ विहिवार । नेपाली चलचित्र क्षेत्रका महाअभिनेता राजेश हमाल र नेपाली पाश्र्व गायनका नम्बर एक गायक राजेशपायल राईको धेरै कुरा मिल्थ्यो । उनीहरु मितज्युको रुपमा समेत चिनिन्छन् । तर सबैभन्दा उनिहरुको मिल्ने पक्ष भने अबिबाहित रहेको थियो । 
यी दुई राजेशलाई मिडियाले पछ्याउने एउटा प्रश्नपनि सदाबहार थियो, त्यो हो बिहेको प्रश्न । यहि प्रश्नको कौतुहलता मेटाउँनपनि मिडियाकर्मिहरुलाई बोलाएर इन्गेजमेन्ट गरेका थिए ।
अभिनेता हमालले आफ्नी प्रेमिका ‘मधु भट्टराई’लाई शंकर होटलमा पहिलोपटक मिडियामा सार्वजनिक गर्दै बिबाहको समेत करिव करिव मिति टुङ्ग्याए । राजेशले एउटा बट्टाबाट आफ्नी आमाले प्रयोग गरेको नेक्लेस, ब्रास्लेट र औंठी निकाल्दै मधुलाई पहिर्‍याइदिए । त्यसअघि राजेशले मोबाइलमा सोही गहना पहिरेकी आफ्नी आमाको फोटो मिडियाकर्मीलाई देखाएका थिए । राजेशले गहना लगाइरहँदा मधु हँसिलो मुद्रामा थिइन् । करिव नौ वर्ष अगाडी हमाल र मधुको भेट भएको थियो, भने उनीहरुको बिबाह यहि जेठ महिनामै हुने बताइएको छ ।
अब बिबाहको मिति पक्का गर्ने पालो आएको छ अभिनेता राजेश हमालको मितज्यु गायक राजेशपायल राईको । लौ है राई इज किङ राजेश पायल राई ज्यु यस विषयलाई गहन रुपमा पो सोच्ने हो की ?

प्रतिक्रिया