Bisal Chautari Logo

राई इज किङले फेबु्रअरी २१ देखि यूकेका विभिन्न सहरमा धमाकेदार प्रस्तुति दिदै

- ७ फाल्गुन २०७२, शुक्रबार ०६:४७ मा प्रकाशित


rajesh payal rai concert in uk 2016
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ फागुन ७ शुक्रबार । चर्चित गायक राजेश पायल राई आफ्नो ‘मिनी वल्ड टुर’को क्रममा मलेसिया र साईप्रसको धमाकेदार प्रस्तुती सकेर युके पुगेका छन् । उनले यूकेको चिसो मौसममा रहेका त्यहाका नेपालीलाई तताउने छन् ।
rajesh payal rai concert in ukहेथ्रो विमानस्थलमा गायक राईलाई कार्यक्र आयोजक बीसी राई र गंगाराज राईले भव्य स्वागत गरेका छन् । ‘राजेशपायल राई युके टुर २०१६’ नाम दिएको यस सांगीतिक टुरलाई सफल बनाउन कुनै कसर नराख्ने र कार्यक्रमलाई भव्य बनाउने गायक राईले बताएका छन् । फेबु्रअरी २१ मा फार्मबोरग, २७ मा अशफोर्ड र मार्च ५ मा रिडिङमा गायक राईले प्रस्तुति दिने छन् । उक्त कार्यक्रमबाट उठेको रकम भूकम्पपीडितलाई सहयोग गर्ने आयोजक बीसी राईले बताएका छन् ।

rajesh payal rai concert in uk-1

प्रतिक्रिया