Bisal Chautari Logo

‘वीर विक्रम’को फस्ट लुकमा दयाहाङ, अनुपविक्रम देखि दीयासम्मको यस्तो लुक्स

- ७ फाल्गुन २०७२, शुक्रबार ०६:१८ मा प्रकाशित


BIR BIKRAM movie Official Poster
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ फागुन ७ शुक्रबार । चलचित्र हसिया निर्देशन गरेर चर्चा कमाएका मिलन चाम्सले निर्देशन गरेको चलचित्र ‘वीर विक्रम’को फस्ट लुक सार्वजनिक गरिएको छ । निर्माणको समयदेखि नै चर्चामा रहेको चाम्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको वहुप्रतिक्षित चलचित्र ‘वीर विक्रम’को फस्ट लुक र क्यारेक्टर पोष्टर रिलिज गरिएको छ ।
BIR BIKRAM movie Official Posterनिर्देशक मिलनले बनाएको चलचित्र ‘हासिया’ले नेपाली चलचित्र क्षेत्रमा मात्र नभएर विभिन्न देशमा पनि खुबै चर्चा पायो । लभ, एक्सन र कमेडी जनराको यो चलचित्रमा दयाहाङ राई, अर्पण थापा, अनुप विक्रम शाही, दिया पुन, नाजिर हुसेन, विभेक लिम्बु, शिशिर राना र वसन्त भट्ट मुख्य भूमिकामा छन् । शिव प्रसाद राई, अनिला राई, पृथ्वी राई, वेनिशरा राई सह(निर्माताको रुपमा छन् । ताराप्रकाश लिम्बुको संगीत, रेनशा वान्तवा राइको कोरियोग्राफी, सम्राट बस्नेतको एक्सन, अर्जुन जीसीको सम्पादन र राम कुमार केसीको चलचित्रमा छायांकन छ । चलचित्रको कथा यम थापाले लेखेका हुन् । यसैविच, यो चलचित्रको प्रिमियर हङकङबाट गरिने भएको छ ।
मार्च २८ तारिखमा चलचित्रको भव्य प्रिमियर हङकङमा गरिन लागेको निर्देशक तथा निर्माता मिलन चाम्सले बताए । यस्तै, अप्रिल २ तारिखमा चलचित्रको भव्य शो वेलायतमा गरिनेछ । यसपटक चलचित्र निर्माणमा वहुतै मिहिनेत गरिएको भन्दै निर्देशक चाम्सले दयाहाङ राइदेखि अर्पण र अनुप विक्रम शाहीलाई फरक गेटअपमा प्रस्तुत गरेको बताए । यो चलचित्रमा दयालाई एक्सन, कमेडीदेखि नृत्य गर्दै गरेको अवस्थामा देखिने मिलनको दाबी छ ।

BIR BIKRAM movie Official Poster-dayahang rai

BIR BIKRAM movie Official Poster-Anoop bikram shahi

BIR BIKRAM movie Official Poster-Arpan thaha

bir-mm8

BIR BIKRAM movie Official Poster-Deeya pun

BIR BIKRAM movie Official Poster-Anoop bikram shahi & Deeya pun

Dayahang rai , Anoop bikram shahi, Arpan thaha , Nazir Hussein, Deeya pun and Bibek limbu are in the lead. Also it has music compose of Tara Prakash Limbu, Dance Choreography of Rinasha Rai,  Camera by Rajkumar kc.

प्रतिक्रिया