Bisal Chautari Logo

पुर्व प्रधानमन्त्रि मरिचमान सिहको निधन

- ३१ श्रावण २०७०, बिहीबार ०४:१९ मा प्रकाशित


३१, साउन काठमाडौ ।
पूर्वप्रधानमन्त्री मरिचमान सिंहको बिहीबार बिहान निधन भएको छ । क्यान्सर रोगबाट पीडित ७१ वर्षीय श्रेष्ठको बिहीबार बिहान ३ बजे काठमाडौं स्थीत नभिर्क अस्पतालमा निधन भएको हो । भारतको मेदान्त मेडिसिटी हस्पिटलमा उपचाररत उनको स्वास्थ्यमा खासै सुधार नभएपछि मंगलबार राति काठमाडौं ल्याइएको थियो ।
सिंह पञ्चायत व्यवस्थाको अन्त्यतिर २०४२ देखि २०४६ सम्म प्रधानमन्त्री भएका थिए । त्यसअघि उनी राष्ट्िरय पञ्चायतका अध्यक्ष थिए । नेवार समूदायबाट प्रधानमन्त्री बन्ने उनी पहिलो हुन् । सिंहको जन्म सन् १९४२ मा सल्यानमा भएको हो । सिंहको शवलाई धापासीस्थित निजी निवासमा श्रद्धाञ्जलीका लागि राखिएको छ । उनको दिउँसो १ बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने कार्यक्रम छ । सिंहका छोरा अनिलका अनुसार उनको नेपालमै मर्ने इच्छा थियो ।

प्रतिक्रिया