विश्वप्रसिद्ध पप गायक माइकल ज्याक्सनको नाम नसुन्ने संगीतप्रेमी सायद छैनन् होला । सन् २००९ मै यस संसारबाट अलबिदा भईसकेका ज्याक्सनका गीतहरु अहिलेपनि धेरैको मन, मस्तिस्कमा रहेको छ । त्यहि लोप्रियतालाई साकार पार्न अव माईकल ज्याक्सन अलबिदापछिपनि दर्शकहरुमाझ नया गित लिएर आउदैछन् । एल्वममा अब छिटै माइकल ज्याक्सनका अहिलेसम्म सार्वजनिक नभएका नयाँ गीत संगित समेत सुन्न पाइनेछ । ज्याक्सनमा पूर्व सहकर्मी तथा संगितकार फ्रेड जरिकिन्सले ज्याक्सनका नयाँ गित तथा भिडियो सार्वजनिक गर्ने तयारी गरेका छन् । ज्याक्सनसँग २ वर्ष काम गरेका जरिकिन्सले ज्याक्सनका अहिलेसम्म सार्वजनिक नभएका भिडियो फुटेज तथा संगीतलाई संकलन गरेर एल्वमको रुपमा ल्याउने काम गरिरहेका छन् ।
प्रतिक्रिया