Bisal Chautari Logo

मगर चलचित्र अभिनेत्री नेहाको हत्यारा पक्राउ || यौन प्रस्ताव अस्वीकार गर्दा यसरी भयो घटना (भिडियो सहित)

- २५ माघ २०७२, सोमबार १४:१९ मा प्रकाशित


Yaruna Pun Neha murderer arrested
विशाल चौतारी समाचार
कास्की, २०७२ माघ २५ सोमबार । मगर चलचित्रकी अभिनेत्री समेत रहेकी नेहा भनिने यरुना पुनको हत्याका आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । १९ वर्षीया योरुना पुन ‘नेहा’ को हत्यारालाई जिल्ला प्रहरी कार्यालय कास्कीले पत्रकार सम्मेलन गरि हत्यामा संलग्न रहेको अभियोगमा मृतककै धर्म दाई सतिश भनिने कीर्तन खड्कीलाई सार्वजनिक गरेको हो ।
Yaruna Pun Neha murderer arrestedकास्की प्रहरी प्रमुख हरि बहादुर पालले धर्म दाई नाता पर्ने खड्कीले नेहाासाग यौन प्रस्ताव राखेको र त्यसलाई उनले अस्वीकार गर्दा रिसको झोाकमा हेलमेट प्रहार गरेर हत्या गरेको खुल्न आएको बताए । उनका अनुसार अभियुक्तले रिसको झोक्मा हेल्मेटले हान्दा मृत्यु हुन पुगेको स्वीकार गरेका छन् । ‘खड्गीले नेहामाथि अस्लिल हर्कत गर्न खोजेको र नेहाले त्यसको प्रतिवाद गर्दा हेलमेटले हानेर नेहाको हत्या गरेको अभियुक्तले स्वीकार गरेको छ,’ पालले भने ।

Yaruna Pun Neha murderer arrested (4)तस्बिर : इकान्तिपुर

नेहाको हत्या रहस्यमय भएको र हत्यामा संलग्नलाई पक्राउ गरेर कडाभन्दा कडा कारबाही गर्न माग गर्दै कास्की प्रहरीमाथि कडा दवाव पर्दै आएइको थियो । प्रहरीले हत्याराको खोजी गर्ने क्रममा पोखरा नयाा सडकमा उनलाई नियन्त्रणमा लिएको थियो । उनी दुई दिनअघि नै पक्राउ परेको र अनुसन्धानबाट उनले नै हत्या गरेको खुल्न आएपछि आज प्रहरीले पत्रकार सहम्मेलन गरेर सार्वजनिक गरेको हो ।
Yaruna Pun Neha murderer arrested (2)तस्बिर : इकान्तिपुर

मृतक पुन पोखराको न्युरोडस्थित स्माईल क्याफेमा लेखामा कार्यरत थिईन् । दैनिक बिहान काममा जाने र राती ७–८ बजे फर्कने उनी माघ १८ गते सााझ नफिर्किएपछि आफन्तले खोजी गर्ने क्रममा उनलाई घर नजिकै अर्धनग्न अवस्थामा मृत अवस्थामा फेला पारिएको थियो ।
यसैबीच प्रहरीले हत्याराको सार्वजनिक गर्दै गर्दा पोखरामा मृतकका आफन्तले विरोध प्रदर्शन गरेका छन् । उनीह्ररुले हत्यारालाई फाासीको सजाय हुनुपर्ने भन्दै नाराबाजी गरेका छन् ।

यसरी भयो घटना

सोमबार प्रहरीले पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार खड्गी पुलहाउस सञ्चालक हुन् । उनको पुल हाउसमा साथीहरूसाग आउजाउ गरिरहने नेहाका धेरै साथी केटा नै थिए । गत सोमबार सााझ आफ्नो क्याफेबाट फर्केकी नेहा खड्गीसागै आफ्ना साथीहरूका न्युरोडस्थित ओपन टेबल रेस्टुरेन्टमा बसेकी थिइन । त्यहाा सबैले मादकपदार्थसमेत सेवन गरेका थिए ।
Yaruna Pun Neha murderer arrested (3)त्यहाबाट उठेपछि खड्गीले नेहालाई घर र्पुयाउने भन्दै मोटरसाइकलमा लिएर गए । लेकसाइड एक फन्को लगाएर घर पुग्ने बेलामा खड्गीले नेहालाई ‘रात लेकसाइडमै कतै बसौं’ भन्ने प्रस्ताव गरे ।
नेहाले मानिनन् । घरनजिकै पुगेर मोटरसाइकल रोकेर पुन: प्रस्ताव गर्दा नेहाले अपशब्दले खड्गीलाई गाली गरिन् । आवेशमा आएका खड्गीले हेलमेटले हिर्काएर नेहालाई लडाए ।
प्रहारले ढलेपछि नेहासग त्यहीबेला शारीरिक सम्पर्क गर्न खोज्दा कानबाट रगत बगेको देखेपछि खड्गी आत्तिए । त्यहा उनलाई अचेत लडेकै अवस्थामा त्यतिकै छाडेर भागेको बयान खड्गीले प्रहरीलाई दिएका छन् ।
घटनालगत्तै प्रहरीले खड्गीलाई नियन्त्रणमा लिइ सुरूमा पनि सोधपुछ गरेका थियो । त्यसबेला उनले नेहालाई बेलैमा घर लगेर छाडेको बयान दिएर उम्केका थिए । पछिल्लोपटक प्रमाण जुटाएपछि पुन: नियन्त्रणमा लिएपछि मात्रै खड्गीले साचो बोलेको भनाइ अनुसन्धानमा संलग्न प्रहरी नायव उपरीक्षक बज्राचार्यको छ ।

प्रतिक्रिया