Bisal Chautari Logo

ममता र खम्बुको ‘ममता’ बजारमा आउँदै

- १ जेष्ठ २०७१, बिहीबार ०९:०८ मा प्रकाशित


Binod-Khambu-and-Mamata-Rai-albam
काठमाडौं, २०७१ जेठ १ विहिवार ।  पछिल्लो समय नेपाली साङ्गीतिक क्षेत्रमा केही परिवर्तन अनी संगीतमै केही गरौँ भन्ने कलाकारहरुको आगमन दिनानुदिन बढिरहेको छ । यस्तै क्रममा गायिका ममता राईपनि ‘ममता’ नामक एल्बम लिएर बजारमा आउने भएका छन् ।
अहिलेका चर्चित संगीतकार विनोद खम्बुको संगीतमा रहेको एल्बमका गीतहरुको काम सकिएर अहिले म्युजिक भिडियोमा ब्यास्त रहेका छन् । पछिल्लो पुस्ताहरुलाई लक्षित गरि एल्बम तयार पारिएको एल्बमका संगीतकार विनोदले बताए । ५ गीत समावेश एल्बममा मेरो जिवनको ज्योती, मेरो मनमा बास, तुना मुना, तिम्रो मायाले र मत मायामा बोलको गीतहरु समावेश गरिएको छ । एल्बमको एक मेरो जिवनको ज्योतीले बोलको गीतमा संगीतकार खम्बुले स्वरपनि दिएका छन् । एल्बममा विनोद खम्बु, नरेश भट्टराई, अनिल थुलुङ, शंकर अधिकारी ‘घायल’को शब्द रहेको छ । एल्बमलाई कृपाले बजारमा ल्याउन लागेको छ ।

प्रतिक्रिया