Bisal Chautari Logo

प्रेम कथामा आधारित ‘सायद २’ का लागी सुशिल, सन्ध्या, आशिरमान र अमृत छनौट

- १८ माघ २०७२, सोमबार १४:१८ मा प्रकाशित


Sushil Shrestha, Sandhya Kc, Aashirman Desraj Shrestha Joshi & Amrit Dhungana saayad-2 movie 
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ माघ १८ सोमबार । लागुऔषधको विषय वस्तुमा बनेको सुपरहिट चलचित्र ‘सायद’ दोस्रो सिक्वेलका लागी सुशिल श्रेष्ठ, आशिरमान देशराज श्रेष्ठ, सन्ध्या केसी र अमृत ढुंगाना मुख्य कलाकार छनौट भएका छन् । चलचित्र ‘सायद–२’मा भने चलचित्र प्रेमकथामा आधारित हुने निर्माण कम्पनी दुर्गिश फिल्मसका प्रमुख तथा अभिनेता सुनिल रावलले बताएका छन् ।
Sushil Shrestha Sandhya Kc Aashirman Desraj Shrestha Joshi & Amrit Dhungana saayad-2 movieआउदो बैशाखदेखि छायांकन हुने चलचित्र ‘सायद–२’मा सुशिलले दुर्गिश फिल्मसकै होस्टेल रिटन्र्सबाट डेब्यु गरेका थिए । त्यस्तै मेगा बैंककी रविना देशराजका छोरा आशिरमान यसै चलचित्रबाट डेब्यु गर्न लागेका हुन् । उता सन्ध्या केसी मोडल तथा भिजे हुन् । सन्ध्याले अभिनेता भूवन केसीको निर्देशनमा बनेको चलचित्र ‘ड्रिम्स’मा काम गरिसकेकी छिन्, भने अमृत ढुंगाना कमेडि भिडियो तथा म्युजिक भिडियोमा काम गरिरहेका थिए ।
बलिउडका केही चलचित्रमा सहायक निर्देशक भएर काम गरेका पुष्पराज न्यौपानेले यो चलचित्रलाई निर्देशन गर्दैछन् । चलचित्रलाई सन्तोष लम्साल र निर्देशक न्यौपानेले लेखेका हुन् । पुरुषोत्तम प्रधानको छायांकन, बुद्धिलाल मगरको निर्माण नियन्त्रण, सुरेन्द्र पौडेलको सम्पादन हुनेछ । स्क्रिप्टमै एफडी कम्पनीले ३० लाखमा राइट खरिद गरेको चलचित्रलाई अवेइटेड ठानिएको छ । चारवर्ष अघि बनेको सायद चलचित्र दुर्गिश फिल्मसको पहिलो सिनेमा थियो ।

प्रतिक्रिया