Bisal Chautari Logo

राजेश पायलको इन्सटाग्राममा प्रियंकालाई मात्र फलो किन ?

- ११ माघ २०७२, सोमबार १४:१९ मा प्रकाशित


rajesh payal rai & priyanka karki instagram
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ माघ ११ सोमबार । पछिल्लो समय विश्वमै कलाकारहरुका लागी आफ्ना फ्यानहरुसंग जोडिन सामाजिक सञ्जालको धेरै महत्व छ । र सामाजिक सञ्जालको प्रयोग धेरै सेलिव्रेटिहरुले नै गरेको पाइन्छ । समाजिक सञ्जालमापनि पछिल्लो समय सेलिव्रेटिहरुका लागी इन्सटाग्राम लोकप्रिय बन्दै गइरहेको छ । नेपालमा पनि सेलिव्रेटिहरुले इन्सटाग्रामलाई निकै ध्यान दिइरहेको समयमा नेपाली पाश्र्व गायन तथा सुगम संगीत गायनका नम्बर एक गायक राजेश पायल राई पनि जोडिएका छन् ।
rajesh payal rai & priyanka karki instagramइन्सटाग्राममा जोडिएका गायक राजेश पायलले अहिले सम्म २४ पोस्ट मात्र गरेका छन् । ‘राई इज किङ’ राजेश पायललाई इन्सटाग्राममा ३५ सयले फलो गरेका छन् । तर गायक राजेशले भने अहिले सम्म एक युवतिलाई मात्र फलो गरेका छन् । त्यो पनि पछिल्लो समयको चर्चित अभिनेत्री प्रियंका कार्कीलाई । अभिनेत्री प्रियंकाले पनि राजेश पायललाई फलो गरिसकेका छन् । अभिनेत्री प्रियंका कार्कीको इन्सटाग्राममा फ्यान फलोअर नेपाली सेलिव्रेटिमा सबैभन्दा धेरै हो । उनलाई इन्सटाग्राममा फलो गर्नेको संख्या ९३ हजार माथि रहेको छ । अभिनेत्री प्रियंकाले ४१५ जनालाई फलो गरेका छन्, भने २ हजार भन्दा माथि पोस्ट रहेको छ ।
गायक राजेश पायल राई र अभिनेत्री प्रियंका कर्की नजिकका साथी हुन् । तर इन्सटाग्राममा दुई जना जोडिनु खास कुरा के हो, त्यो उनिहरुलाई नै जानुन् । अभिनेत्री प्रियंकाले अभिनय गरेको पछिल्लो चलचित्र ‘नाइ नभन्नु ल–४’ प्रोमोशनको क्रममा रहेको छ । उता गायक राजेश पायलले यस चलचित्रको टाइटल गीत गाएका छन् ।

प्रतिक्रिया