Bisal Chautari Logo

ताराप्रकाशको एकल संगीतमा गौरीमायाले ‘स्मृति’ ल्याइन्

- ३० पुष २०७२, बिहीबार १६:०५ मा प्रकाशित


gouri maya sauden first album smriti music tara prakash limbu
विशाल चौतारी समाचार
तस्बिर : विशाल राई
काठमाडौ, २०७२ पौष ३० बिहिबार । बेलायतमा बस्दै आएकी गौरीमाया साउदेन ‘वनेम’ले नेपाली साङ्गीतिक क्षेत्रमा पहिलो एल्बम ‘स्मृति’ विमोचन गराएकी छिन् । आफ्नो नामको अगाडी गायिका उपनाम थपेकी गौरीमायाको यो पहिलो एल्बममा पाश्र्व गायनका चर्चित संगीतकार तारा प्रकाश लिम्बुको एकल संगीत रहेको छ ।
gouri maya sauden first album smriti music tara prakash limbu (2)‘स्मृति’ नामक एल्बम गत मंगलबार राजधनीमा एक समारोहबीच लोकार्पण गरिएको थियो । एल्बमलाई गायन दम्पति संगीतकार शिलाबहादुर मोक्तान र गायिका कुन्ती मोक्तान लगायतले सामुहिक रुपमा सार्वजनिक गरेका थिए । यस गीति एल्बमलाई रुबुशा क्रियटिभ वर्क्सले बजारमा ल्याएको हो । गौरीमायाको यस एल्बममा जानु कामबाङ, रोजी लाबुङ राई, एकनारायण भण्डारी स्वीकृति बराललगायतको शब्द रहेको छ ।
gouri maya sauden first album smriti music tara prakash limbu (1)त्यस्तै कार्यक्रममा एल्बममा समावेश दुईवटा गीतको म्युजिक भिडियो पनि सार्वजनिक गरिएको थियो । दुईवटै म्युजिक भिडियोलाई अर्जुन अधिकारीले निर्देशन गरेका हुन् भने भिडीयोमा अशिष्मा नकर्मी, कोसिश क्षेत्री, पुष्प खड्का र बेनिशा हमालले अभिनय गरेका छन् ।

gouri maya sauden first album smriti music tara prakash limbu

प्रतिक्रिया