Bisal Chautari Logo

डन दिपक मनाङ्गे अकुत सम्पत्ति कमाएको अभियोगमा पक्राउ

- १ भाद्र २०७०, शनिबार ०४:२२ मा प्रकाशित


१, भदौ काठमाडौ । 
अवैध रुपमा अकुत सम्पत्ति कमाएको अभियोगमा डन दिपक मनाङे पक्राउ परेका छन् । उनलाई केन्द्रिय अनुसन्धान व्युरो सिआईबीको टोलीले शुक्रबार राती पक्राउ गरेको हो । उनी बिरुद्ध सम्पत्ति शुद्धिकरण बिभागले गुण्डागदिर्को माध्यमबाट आर्जन गरेको १४ करोड रुपैयाँ रहेको भन्दै बिशेष अदालतमा जेठको पहिलो साता मुद्धा दायर गरेको थियो । त्यतिबेला नै पक्राउ गरेर मात्र मुद्धा दायर गर्नुपर्ने भन्दै चर्को आलोचना भएको थियो । उनलाई आइतबार अदालत पेस गरिने ब्युरो श्रोतले जनाएको छ ।

डन दिपक मनाङ्गे अकुत सम्पत्ति कमाएको अभियोगमा पक्राउ

अनधिकृत सम्पत्ति कमाएको भन्दै सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले जेठ ५ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्धा दायर गरेको थियो । बिशेष अदालतले मनाङे बाहेक गणेश लामा, पर्शुराम भनिने कृष्ण बस्नेत, चक्रे मिलन भनिने मिलन गुरुङ, र अभिशेक गिरी बिरुद्ध मुद्धा दायर गरेको थियो ।तस्विर फाईल

प्रतिक्रिया