Bisal Chautari Logo

आर्यन र नम्रता जोडीको ‘क्लासिक’ गीत मेलिना र कोशिशको स्वरमा सार्वजनिक (भिडियो)

- १४ पुष २०७२, मंगलवार १६:२९ मा प्रकाशित


Aaryan Sigdel & Namrata Shrestha movie CLASSIC singing Melina Rai & Koshish Chhetri
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ पौष १४ मंगलबार । माघ २९ गते बाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘क्लासिक’को ‘सुनौलो हर दिन लाग्यो’ बोलको गीत युटुवबाट सार्वजनिक गरिएको छ । औपचारिक रुपमा केही दिन अगाडी सार्वजनिक गरिएको गीत युटुवमा भने आज सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा मेलिना राई र कोशिश क्षेत्रीको स्वर रहेको छ । सार्वजनिक गीतमा अभिनेता आर्यन सिग्देल र नम्रता श्रेष्ठको जोडी जमेको छ । तारा प्रकाश लिम्बुको संगीत रहेको यस गीतमा रेनाशा वान्तावा राईको कोरियोग्राफि रहेको छ ।
Aaryan Sigdel & Namrata Shrestha movie CLASSIC singing Melina Rai & Koshish Chhetriयस चलचित्रमा आर्यन सिग्देल, नम्रता श्रेष्ठ, समुना केसी, रोमी घिमिरे, प्रज्वल गिरी, सुशिल काफ्ले, सुनिल रावल, शिशिर राना, सकुन्तला थापा, नमित चन्द, विश्व बस्नेत मुख्य भूमिकामा छन् । चलचित्रमा ताराप्रकाश लिम्बुको संगीत, डाक्टर कृष्णहरी बराल, दिनेश राउत र दयाराम पाण्डेको गीत, कोशिश क्षेत्री, यूवराज चौलागाई, मेलिना राइको स्वर समावेश छ ।

Aaryan Sigdel & Namrata Shrestha movie CLASSIC singing Melina Rai & Koshish Chhetri-1चलचित्रमा हिमाल केसीको द्वन्द, रेनाशा राईको नृत्य निर्देशन, सुरेन्ऽ पौडेलको सम्पादन, कोरियोग्राफि रेनेशा बान्तावा राई, छेतन गुरुङको लेखन तथा राजेश श्रेष्ठको छायांकन रहेको छ । यो चलचित्र भ्यालेन्टाइन डेको छेकोमा माघ २९ बाट प्रदर्शन हुदैछ ।

CLASSIC Nepali Movie Song SUNAULO HAR DIN LAGYO (UNPLUGGED) | Aaryan Sigdel | Namrata Shrestha

Aaryan Sigdel Entertainment Presents
Subas Entertainment Production

SUNAULO HAR DIN LAGYO (UNPLUGGED)
Vocal: Melina Rai/Koshish Chhetri
Lyrics: Dinesh Raut
Music: Tara Prakash Limbu
Arrange: Gopal Rasaily
Director of choreography : Renasha Bantawa Rai
Music On: Rubusha Creative Works

Director : Dinesh Raut
Producer : Subas Giri
Executive Producer: Kamal Giri
Cast: Aaryan Sigdel, Namrataa Shrestha, Romi Wani Ghimire, Prajwal Sujal Giri, Sushil Kafle, Shisir Rana, etc.
D.O.P.: Rajesh Shrestha
Writer: Chhetan Gurung
Editor: Surendra Poudel/Pritam Pandey
Line Producer: Jiban Bhai
VFX: Vi-zay Bashyal/Shree Krishna Shrestha
Colorist: Ananta Ghimire
Associate Director: Bikash Subedi
Chief Asst. Director: Dinesh Bdr Rawat
Assistant Director & Publicity Designer: Shann Thapa

प्रतिक्रिया