Bisal Chautari Logo

प्रधानमन्त्री ओलीले पत्नीलाई फुल दिदै भने, ‘फूलै फूलको मौसम तिमीलाई’ १० वटा टिकट किनेर हेर्छु’

- १३ पुष २०७२, सोमबार १२:२३ मा प्रकाशित


kp oli prime minister of nepal say movie Fulai Fulko Mausam Timilai
विशाल चौतारी समाचार
तस्बिरहरु : विशाल राई ( www.facebook.com/Bishalrais )
काठमाडौ, २०७२ पौष १३ सोमबार । प्रधानमन्त्री केपी शर्मा ओलीले पत्नीलाई दिएर फागुन २१ गतेबाट प्रर्दशनमा आउन लागेको चलचित्र ‘फुलै फूलको मौसम तिमीलाई’ १० वटा टिकट किनेर हेर्ने बताएका छन् । प्रधानमन्त्री ओलीले चलचित्र ‘फुलै फूलको मौसम तिमीलाई’ को श्रव्य तथा दृश्य सामाग्री लोकार्पणमा यी कुराहरु बताएका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज सोमबार मध्यान्ह दिनेश डिसीद्धरा निर्देशित चलचित्र ‘फूलै फूलको मौसम तिमीलाई’ को अडियो लञ्च तथा भिडियो हेरेपछि प्रधानमन्त्री ओलीले चलचित्रको दश वटा टिकेट आफ्नो लागि बुक गरिदिन निर्देशक डिसीलाई आग्रह मन्तब्यमै बताए । निर्देशक तथा कथाकार डिसीको आग्रहमै पत्नीलाई गुलाफको फूल समेत दिएका प्रधानमन्त्री ओलीले भने,‘–दश वटा टिकेट मलाई दिनुस् । म पैसा तिरेरै फिल्म हेर्छु’, प्रधानमन्त्री ओलीले बताए ।

kp oli prime minister of nepal say movie Fulai Fulko Mausam Timilaiचलचित्रको अडियो तथा भिडयो सार्वजनिक सामारोहमा बोल्दै देशको असहज परिस्थितिमा पनि चलचित्रकर्मीले गरिरहेको काम प्रशंसनिय रहेको बताउदै प्रधानमन्त्रीले कला तथा संस्कृतिको विकासले देशको विकासमा समेत टेवा पुर्याउने बताए । नेपाल कला र संस्कृतिमा धनी रहेको बताउदै प्रधानमन्त्री ओलीले भने, हाम्रो नेपालको कला, संस्कृती धेरै पुरानो छ ।’ चलचित्रको बारेमा बोल्दै ‘चलचित्रको नाम राम्रो रहेछ । सफल होस् मेरो शुभकामना छ’, प्रधानमन्त्री ओलीले शुभकामना दिए ।
kp oli prime minister of nepal say movie Fulai Fulko Mausam Timilai (2)कार्यक्रममा पाश्र्व गायनका नम्बर एक गायक राजेश पायल राईले स्वागत मन्तब्यको रुपमा बोल्दै यो किसिमको गीत नेपालमा बनेको छैन, र नबन्नेपनि बताए । चलचित्रको शिर्ष गीत एकदमै राम्रो बनेको गायक राजेश पायलले बताए । उता निर्देशक दिनेश डिसीले कार्यक्रममा बोल्द आफनो चलचित्रले जस्तोसुकै व्यापारिक नाफा घाटा भएपनि धादिङमा पुल निर्माण गर्न आर्थिक सहयोग गर्ने प्रतिवद्धता जनाए । भने, चलचित्रको व्यापार नाफामुलक नभपनि उक्त पुल निर्माण गर्न ‘फूलै फूलको मौसम तिमीलाई’ निर्माण समुहबाट साढे सात लाख रुपैया उपलब्ध गराउने छौ ।’
kp oli prime minister of nepal say movie Fulai Fulko Mausam Timilai (4)कार्यक्रममा चलचित्रका शिर्ष दुई पात्र अभिनेत्री नीता ढुंगाना र नव अभिनेताको रुपमा आमेश भण्डारी सहित निर्माता अमिर अली, गायक राजेश पायल राई, कोरियोग्राफर रामजी लामिछाने सहित चलचित्रका प्राय सबै सदस्यहरु पनि सहभागी थिए ।

kp oli prime minister of nepal say movie Fulai Fulko Mausam Timilai (5)

kp oli prime minister of nepal say movie Fulai Fulko Mausam Timilai (3)

भिडियो हेर्नुस् :

Fulai Fulko Mausam Timilai FFMT Title Song | Ft. Nita Dhungana, Amesh Bhandari

The Dinesh DC Production Presents!
New Nepali Movie FULAI FULKO MAUSAM TIMILAI
Song’t Title: Fulai Fulko Mausam Timilai Title Song
Vocal: Rajesh Payal Rai & Deepa Lama
Starring: Nita Dhungana, Amesh Bhandari
Producer: Amar Ali
Story/Director: Dinesh DC

प्रतिक्रिया