Bisal Chautari Logo

हतियार सहित दुई पक्राउ

- १ भाद्र २०७०, शनिबार १७:०० मा प्रकाशित


१, भाद्र, सप्तरी/सिराहा ।
सप्तरी औरही–४ बस्ने २६ बर्षीय महमद अफतावलाई प्रहरीले १ राउण्ड गोली लोड भएको ९ एम.एम पेस्तोल १ थान सहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरी टोलीले निजलाई साउन ३२ गते २३:०० बजे पातो–१ बाट उक्त पेस्तोल सहित पक्राउ गरेको थियो ।

त्यस्तै सिराहामा झगडा भईरहेको स्थानबाट प्रहरीले १ राउण्ड लोड भएको अटोमेटिक पेस्तोल १ थान सहित कल्याणपुर जव्दी–१ बस्ने प्रेम कुमार साह सहित ५ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मिर्चेया र इलाका प्रहरी कार्यालय कल्याणपुरबाट खटिएको गस्ती प्रहरी टोली साउन ३२ गते २१:३० बजे कल्याणपुर जव्दी–१ मा पुग्दा सोही ठााउ बस्ने रामबाबु यादवको घरमा कारी यादवले प्रेम कुमार साहलाई कुटपिट गरी रहेको अवस्थामा प्रहरीलाई देख्नासाथ रामबाबु यादव र कारी यादव उक्त पेस्तोल आगनमा फालेर भागेका थिए । फरार रामबाबु यादव र कारी यादवको प्रहरीले खोजतलास गर्नुको साथै यस सम्बन्धमा थप अनुसन्धान प्रहरीले बताएको छ ।

प्रतिक्रिया