Bisal Chautari Logo

माघमा आउने जीवन र रिस्ताको ‘रिफ्युजी’लाई ‘युनिभर्सल’ प्रमाणपत्र

- ८ पुष २०७२, बुधबार १५:२१ मा प्रकाशित


Jivan Luitel & Rista Basnet REFUGEE nepali movie
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ पौष ८ बुधबार । अभिनेता जीवन लुइटेल र अभिनेत्री रिस्ता बस्नेतद्धरा अभिनित चलचित्र ‘रिफ्युजी’लाई चलचित्रलाई सेन्सर बोर्डले ‘युनिभर्सल’ प्रमाणपत्र दिएको छ । अढाई दशक अघि भूटानबाट त्यहाका सरकारले लखेटेर नेपाल आई बसेका शरणार्थीहरुको समस्यालाई समेटेर निर्देशक उदय सुब्बाले निर्देशन गरेको चलचित्र ‘रिफ्युजी’ १५ माघबाट राजधानी तथा मोफसलका हलबाट प्रदर्शनीमा आउने भएको छ ।
Jivan Luitel & Rista Basnet REFUGEE nepali movieआज बुधबार राजधानीको अनामनगर स्थित बिनायो रेस्टुरेन्टमा भएको पत्रकार भेटघाटमा उनले यो चलचित्रको सम्पूर्ण निर्माण कार्य सकिएको पनि बताए । आगामी जनवरीको पहिलो सातादेखि अमेरिका त्यसपछि बेल्जियम, क्यानाडा र अष्ट्रेलियामा प्रदर्शन गरिने पनि उनले बताए । केही दृष्य काटेपछि आफ्नो चलचित्रलाई सेन्सर बोर्डले ‘युनिभर्सल’ प्रमाणपत्र दिएकोपनि कार्यक्रममै सुब्बाले बताए । नेपालबाट तेस्रो मुलुक गएका करिब एक लाख भुटानी शरणार्थी र आफ्नो देश फर्कने आशामा झापा र मोरङको सिविरमा रहेका २७ हजार भुटानी शरणार्थीका समस्या यो चलचित्रमा समेटिएको निर्देशक सुब्बाले जानकारी गराए ।
त्यस्तै कार्यक्रममा अभिनेत्री रिस्ता बस्नेतले आफुले चलचित्रमा एक रिपोटरको भुमिका निभाएको बताउदै यो चलचित्रबाट धेरै आसा लिएको बताइन् । चलचित्रको बिषय बस्तु एवं कथा सशक्त भएकाले आफुले लगानी गरेका निर्माता दिपेश सुब्बाले सञ्चारकर्मीलाई बताए । यसका अर्का निर्माता मनोज राई हुन् ।
च्लचित्रमा जीवन लुईटेल, नीर शाह, रिस्ता बस्नेत, अशोक शर्मा, बिपना बस्नेत, सुरबीर पण्डित, मोहन निरौला, भूपेन्द्र लिङदेन लगायतको मुख्य अभिनय छ । चलचित्रमा सौरभ लामाको छायााकन, राजु किरातीको द्धन्द्ध निर्देशन, दिनेश पाख्रिनको नृत्य निर्देशन, तारा थापा किम्लेको सम्पादन, विकाश चौधरीको सागीत, डब्बु क्षत्री र उदय सुब्बाको गीत रहेको छ ।

प्रतिक्रिया