Bisal Chautari Logo

करिश्माको दोस्रो ‘मुटु’ सार्वजनिक (भिडियो सहित)

- ८ पुष २०७२, बुधबार ०९:५५ मा प्रकाशित


Karishma Gham second albam mutu
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ पौष ८ बुधबार । बेलायतमा बस्दै आएकी गीतकार करिश्मा घमको दोस्रो गिती अडियो एलबम मुटु शुक्रबार राजधानीमा आयोजित एक समारोहबिच सार्वजनिक गरिएको छ। विदेशी भूमिमा बसे पनि स्वदेशको सम्झनामा कलम चलाउादै आएकी गीतकार घमले गुनासो नामक एलबमपछि मुटु सार्वजनिक गरेकी हुन्।

Karishma Gham second albam mutu
विन्ध्यवासिनी म्युजिक कम्पनीद्धारा आयोजित समारोहमा प्रमुख अतिथी गीतकार डा. कृष्णहरी बराल, एलबमको उत्पादक संस्था विन्ध्यवासिनी म्युजिक कम्पनीका प्रवन्ध निर्देशक सुवास रेग्मी, सांस्कृतिक संस्थानका महाप्रवन्धक राजेश थापा, संगीतकार संघका अध्यक्ष लक्ष्मण शेष, संगीत उत्पादक समाजका महासचिव लक्ष्मण हुमागाईं, नेपाल चलचित्र निर्देशक समाजका अध्यक्ष दिनेश डिसी, चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रिय, कामना मासिकका सम्पादक विदुर गिरी, गायिका कोमल वली, निर्देशक तथा अभिनेता निर्मल शर्मालगायतले एलबम सार्वजनिक गरेका थिए।
कार्यक्रममा एलबमका संगीतकार राजेश थापाले एलबमभित्र रहेका गीतहरुबारे प्रकाश पार्दै गीतकार घमले बेलायतबाट पठाएको सन्देश पढेर सुनाएका थिए। त्यस्तै संगीतकार संघका अध्यक्ष लक्ष्मण शेषले एलबमका गीतको सांगितीक पक्षको समिक्षा गर्दै संगीतकार थापाको सिर्जनाको प्रशंषा गरेका थिए भने गीतकार डा. बरालले गीती पक्षको समिक्षा गर्दै घमको शाब्दिक सिर्जनाको तारिफ गरेका थिए। समारोहमा संगीतकार संघका अध्यक्ष शेषले नेपाली गीत संगीतको क्षेत्रमा ठुलो लगानी भईरहे पनि त्यो लगानी कहाँ गईरहेको छ र किन फिर्ता हुन सकेको छैन भन्ने प्रश्न उठाए। जवाफमा विन्ध्यवासिनीका प्रवन्ध निर्देशक रेग्मीले त्यो लगानी गायक गायिकाको लाइन र खोलामा गईरहेको बताए। उनले नेपाली गीत संगीतसाग सम्बन्धित संघ संस्थाले रोयल्टी र सिआरबिटीको ब्यबस्थापन गर्न नसक्दा यो क्षेत्र धरायसी हुन पुगेको बताए। त्यस्तै गायकगायिकाले विभिन्न कार्यक्रममा गीत गाएवापत गीतकार र संगीतकारलाई रोयल्टी तिर्नुपर्ने तर्कसमेत गरे।
विमोचित एलबममा एउटा म्युजिक ट्रयाकका साथ मुटु माझ, नेपालकी छोरी, तिमी मेरो, आंशु लुकाई, तिमी छ्यौ र जहिलेदेखि बोलका आधा दर्जन गीत छन्। एलबमका गीतहरुमा घामको एकल शव्द रचना र राजेश थापाको एकल संगीत छ भने राजेशपायल राई, स्वरुपराज आचार्य, अञ्जु पन्त, दीपक लिम्बु, रजिना रिमाल, मिलन अमात्य र मेलिना राईले स्वर भरेका छन्। कार्यक्रममा एलबममा संगृहित आंशु लुकाई बोलको गीतमाथि बनाइएको म्युजिक भिडियोसमेत सार्वजनिक गरिएको थियो। भिडियोको निर्देशन सुवास रेग्मीले गरेका छन् भने यसमा गजित विष्ट र अनु शाहले अभिनय गरेका छन्। सो अवसरमा एलबमका गायक गायिका तथा प्राविधीक र म्युजिक भिडियोका मोडलहरुलाई मायाको चिनो प्रदान गरिएको थियो ।

Aasu Lukai by Melina Rai आँसु लुकाई बिदा गरें यो मुटु निचोरी ||Full

Video|| Bindabasini Music
Song: Aasu Lukai by Melina Rai आँसु लुकाई बिदा गरें यो मुटु निचोरी
Vocal : Melina Rai
Lyrics : Karishma Gham
Music : Rajesh Thapa
Album : Mutu
Camera: Rajesh Ghimire
Director : $regmi
Choreographer : Kapil Lama
Editor : Sujan Shahi
Models : Anu Shah and Gajit Bista

प्रतिक्रिया