Bisal Chautari Logo

८ मिनेटको प्रस्तुतीले दिपाश्रीलाई दिलाएको उपनाम ‘हिरो’ (तस्बिर तथा भिडियो सहित)

- ७ पुष २०७२, मंगलवार १६:१२ मा प्रकाशित


Deepa Shree Niraula hero
विशाल राई
तस्बिरहरु : विशाल राई ( BISHAL RAI FACEBOOK )
काठमाडौ, २०७२ पौष ७ मंगलबार । पछिल्लो समय नेपाली चलचित्र क्षेत्रको विकाश हरेक पक्षमा अगाडी बढिरहेको छ । नेपालमा सिनेमा अवार्डहरु धेरै भएपनि चलचित्र अवार्डमा मनोरञ्जनलाई खासै ध्यानमा राखिदैनथ्यो । लाइभ टिभि हेरेर बसिरहेका दर्शकहरु नेपाली चलचित्रको अवार्ड भनेपछि खासै ध्यान दिदैनथे । तर पछिल्लो समय अवार्ड समारोहमा पनि छुट्टै रौनक छाउन थालेको छ । दर्शकहरुका लागी चलचित्र अवार्ड समारोह मनोरञ्जनात्मक बनिरहेको छ ।
Deepa Shree Niraula heroयस्तै क्रममा हास्य अभिनेत्री तथा निर्मात्री समेत रहेकी दिपाश्री निरौलाको एक पर्फमेन्सले अहिले नेपाली चलचित्र अवार्डको तारिफ हुन थालेको छ । हिजो काठमाडौमा ‘डि सिने अवार्ड’को आयोजना गरिएको थियो । सो अवार्ड समारोहमा दिपाश्री निरौलाको नृत्य अवार्ड समारोहमा सबैभन्दा बढी रुचाइएको थियो । उपस्थित सबै कलाकारहरुले उनको पर्फमेन्सको तारिफ गरेका थिए ।
Deepa Shree Niraula hero (2)अवार्ड समारोहलाई भब्य पार्न दीपाले जुगा हालेर महा अभिनेता राजेश हमाल, भूवन केसी शिव श्रेष्ठ, दिलिप रायामाझि समेतको नृत्य प्रस्तुत गरेकी थिइन् । यी सबै अभिनेताहरुको डान्स स्टाइल र चर्चित स्टेपहरु प्रस्तुत गरेकी थिइन् । दिपाले प्रस्तुतीको अन्त्यमा आफ्नो पछिल्लो चलचित्र ‘वडा नम्बर ६’को चर्चित गीत ‘सुर्के थैली’मा नृत्य गरिन् ।

Deepa Shree Niraula hero (5)

Deepa Shree Niraula hero (4)

Deepa Shree Niraula hero (3)

Deepa Shree Niraula hero (1)

प्रतिक्रिया