Bisal Chautari Logo

राजेश र अनु चौथो पटक काम गर्दै || ‘शकुन्तला’मा पनि जोडी नबन्ने ?

- ७ पुष २०७२, मंगलवार १४:३४ मा प्रकाशित


rajesh hamal and anu shah movie Shakuntala
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ पौष ७ मंगलबार । महा–अभिनेता राजेश हमाल र अभिनेत्री अनु शाहले चौथो पटक चलचित्रमा काम गर्ने भएपनि यी दुई जोडीको रुपमा भने देखिएका थिएनन् । दिनेश श्रेष्ठको लेखन, छायांकन तथा निर्देशनमा बन्न लागेको चलचित्र ‘शकुन्तला’मापनि राजेश र अनु जोडीको रुपमा दर्शकहरुले देख्न नपाउने भएका छन् ।

rajesh hamal and anu shah movie Shakuntala
चलचित्रमा किशोर खतिवडा, रविन्द्र बस्नेत, सुवर्ण स्मृति श्रेष्ठ, रवि गिरी, प्रदिप कुमार उदय, प्रदिप ढकाल, शिवन श्रेष्ठको मुख्य भूमिका रहनेछ । आजबाट छायांकन जाने चलचित्र सस्पेन्स कथामा बन्न लागेको अभिनेता हमालले जानकारी दिए । पत्रकारले महिलाको नाम भएकाले चलचित्रमा शिर्ष भुमिकामा को छ भन्ने प्रश्न गर्दा, चलचित्रको शिर्ष भूमिकामा पुरुष वा महिला को देखिने भन्ने कुरा अहिले नै खुलाउन नसक्ने र चलचित्रको ट्रेलर आएपछी मात्र थाहा हुने हमालले बताए ।
rajesh hamal and anu shah movie Shakuntala1ग्रिनहिल भीएफएक्स मिडियाको ब्यानरमा बन्न लागेको चलचित्रका निर्देशक दिनेश श्रेष्ठले भने चलचित्र महिला प्रधान तथा एक्सनमा लक्षित रहने बताए । उता अभिनेत्री अनु शाह भने चलचित्रमा आफू रिपोर्टरको भूमिकामा देखिन लागेको बताउदै राजेश हमालसग चौथो पटक काम गर्दा उत्साहित भएको बताइन् । श्रीपसन खत्रीको प्रस्तुतीमा तयार हुने चलचित्रमा दिनेश श्रेष्ठ र मास्कर प्रधानाङ्ग कार्यकारी निर्माता छन् । अर्जुन पोख्रेलको संगीत, अष्ट महर्जनको एक्सन, माइकल चन्दको नृत्य निर्देशन चलचित्रमा रहनेछ ।

प्रतिक्रिया