Bisal Chautari Logo

लज्जाको फष्टलुक पोष्टर सार्वजनिक

- २ जेष्ठ २०७१, शुक्रबार १०:४३ मा प्रकाशित


Lazza-Nepali-Movies-poster
काठमाडौं, २०७१ जेठ, २ शुक्रवार । निर्माता तथा वितरक छविराज ओझाको नयाँ चलचित्र ‘लज्जा’को पोष्टर सार्वजनिक गरिएको छ ।
महिला पात्रमाथी विशेष रुपले निर्माण गरिएको चलचित्र ‘लज्जा’मा अभिनेत्री शिल्पा पोखरले को पहिलो चलचित्र हो । कात्तिक ७ गते देखि देशब्यापी रिलिज हुने यस चलचित्रमा आर्यन सिग्देल र शिल्पा मुख्य भूमिकामा छन् । निर्देशक नवल नेपालद्धारा निर्देशन गरेका हुन् । अघिल्लो पटक लोफर निर्माणमा घाटा खाएका निर्माता छवि ओझाले २५ बर्षको चलचित्र करिअरमा निर्माण गरेको  १५ फिल्म मध्ये दुई चलचित्रबाट मात्र असफलता हात पारेका छन् । २०४७ सालमा राजेश  हमालको पहिलो फिल्म युग देखि युग सम्मबाट चलचित्र निर्माणमा हात हालेका छविले क्रमश नाता, जन्मभूमी, हिरो, कस्तो साईनो, यस्तै रहेछ जिन्दगी, अजम्बरी नाता, हिम्मत,  किस्मत , हिफाजत , कसले चर्यो मेरो मन, अन्दाज, रावण,  हमेशा र लोफर निर्माण गरेका छन्   । जस मध्ये लोफर र यस्तै रहेछ जीन्दगीले उनलाई ३०– ३० लाख गरी ६० लाखको धक्का दिएको छ ।
रेखा फिल्मसको स्वामित्व रेखा थापालाई दिएपछि छविराज प्रोडक्सनबाट लोफर पछि बनेको लज्जा दोश्रो चलचित्र हो ।

ad

प्रतिक्रिया