Bisal Chautari Logo

‘बागमती’ को लागी हमालको साईकल यात्रा

- ५ पुष २०७२, आईतवार ११:५२ मा प्रकाशित


Rajesh Hamal cycle tour for Bagmati movie promotion
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ पौष ५ आइतबार । पौष २४ गतेबाट दर्शकमाझ आउादै गरेको फिल्म ’बागमती’को प्रचारको लागी जस्तोसुकै अबस्थामा पनि तयार हुने बचन दिएका महानायक राजेश हमाल शनिबार एक फरक कार्यक्रममा देखा परे । उनी किर्तिपुरबाट सुरु भई २० किलोमिटर सम्म चलेको साईकल र्‍यालीमा सहभागी भए, अन्य सहभागीहरुसागै ५ किलोमिटर बढीको यात्रा साईकलमै गरे । जहाा हमाल बागमतीको प्रचारकै लागी उत्रिएका थिए ।

Rajesh Hamal cycle tour for Bagmati movie promotion
साईकल र्‍यालीमा सहभागी तथा उपस्थित अन्य व्याक्तिहरुलाई हमालले रिलिज पश्चात हलमा पुगेर फिल्म हेर्नको लागी आग्रह गरे । सयौं फिल्ममा अभिनय गरिसकेका हमालले ’बागमती’ आम फिल्म भन्दा बिल्कुलै फरक बनेको र यसमा प्रयोग भएको प्रबिधी तारिफ गर्न योग्य रहेको भन्दै ’बागमती’ नेपाली फिल्म उद्योगमा कोशेढुङ्गा साबित हुने ठोकुवा पनि गरे ।
लायन्स क्लब अफ गोल्डेन टाउन रइन्द्रयाणी परिवार क्लब किर्तिपुरको संयुक्त आयोजना तथा ’बागमती’ फिल्मको प्रायोजनमा पर्यावरण पक्षमा तथा मानविय स्वस्थताको लागी साईकल प्रयोग गरौं जस्ता नारासहित सुरु भएको र्‍याली किर्तिपुरबाट सुरु भई पाटनढोका, थापाथली, त्रिपुरेश्वर, कालिमाटी, बल्खु, चोभार हुादै किर्तिपुर आएर सकिएको थियो । र्‍यालीमा फिल्मकर्मी, पेशाकर्मी तथा अन्य विशिष्ट व्याक्तिहरुको समेत उपस्थिती थियो । हमालसागै फिल्म निर्माता दिनेश दर्शनधारी, अनिश नापित लगायतले शनिबार साईकलमै यात्रा गरे ।
महानायक हमालको कमब्याक भन्दै प्रचार गरिएको बागमतीमा साउथ ईण्डियन निर्देशक सन्नि केरालाले एक्शन कट गरेका छन् । फिल्ममा हमालसागै शिव श्रेष्ठ, केकी अधिकारी, श्रेया कार्की, रविकर घिमिरे लगायतको अभिनय छ ।

प्रतिक्रिया