Bisal Chautari Logo

शिल्पाको लभर गर्ल र एक्सनमा कलरफूल ‘फागु’ (ट्रेलर, पोस्टर र गीत सहित)

- ५ पुष २०७२, आईतवार १०:३२ मा प्रकाशित


shilpa pokhrel Phagu movie Trailer and song 
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ पौष ४ शनिबार । फागुन ७ मा रिलिज हुने चलचित्र ‘फागु’को अफिसियल ट्रेलर, पोस्टर र सिनेमाको गीतहरु सार्वजनिक गरिएको छ । हिजो शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक ट्रेलर हेर्दा कलरफूल लाग्छ ।
shilpa pokhrel Phagu movie Trailer and songसार्वजनिक ट्रेलरमा अभिनेत्री शिल्पा पोखरेल हाबी छिन् । शिल्पालाई लभर गर्ल तथा एक्शन अबतारमा देखाईएको ट्रेलरमा नव अभिनेता सुबास पराजुली जोडी रहेका छन् । ट्रेलरमा अभिनेता राजेश हमालसँगै पुरानी अभिनेत्री गौरी मल्ल समेत समेटिएका छन् । तराई मधेशको एक परिवारको कथा समेटिएको भनिएको यो चलचित्रलाई सम्झना उप्रेती रौनियारले निर्देशन गरेकी हुन् । चलचित्रमा करिश्मा मानन्धर, विनोद मानन्धर, मिलनबाबु मल्ल, राजन जैन लगायतको लगानी छ ।
shilpa pokhrel Phagu movie Trailer and song  (2)कार्यक्रममा चलचित्रको नयाँ गीत ‘सिन्दुरी सिन्दुरी रंग’ र ‘आउ न आउ खेलौ होली’ बोलको गीत पनि सार्वजनिक गरियो । गीतमा राजेश पायल राई, मनोज महतो, रञ्जित कुमार साहनी, बानिका प्रधान, मिना निरौला लगायतको स्वर रहेको छ, भने, शब्द दयाराम पाण्डेको रहेको छ, भने संगीत बसन्त सापकोटाको रहेको छ । चलचित्रमा बसन्तले गरेका संगीतलाई रुचाइएको थियो ।
Karishma Manandhar Phagu movie Trailer and songकार्यक्रममा अभिनेत्री शिल्पाले फरक विषयवस्तु बोकेको पात्र चित्रण गर्न पाउदा गर्व महसुस भएको भन्दै चिलचित्रबाट आशावादी रहेको बताईन् । साथै चलचित्रका निर्देशक सम्झना उप्रेती रौनियारले चलचित्रका सबै कास्टहरुलाई परिचय गराएका थिए । त्यस्तै कार्यक्रममा अभिनेत्री तथा यस चलचित्रका निर्मात्री करिस्मा मानन्धरले स्वागत मन्तब्य राखेकी थिइन् ।

सार्वजनिक दुई गीत र ट्रेलर

Official Trailer || Phagu ||ट्रेलर || फागु

AAU NA AAU KHELAU HOLI ||आउ न आउ खेलौँ होली || Phagu || फागु

AAU NA AAU KHELAU HOLI ||आउ न आउ खेलौँ होली || Phagu || फागु
Vocal : Meena Niroula/ Manoj Mahato / Ranjit Kumar Sahani
Lryics : Dayaram Pandey
Music : Basanta Sapkota
Dance : Kamal Rai
Color : Renish Fago
Camera : Ramsharan Upreti
Edit : Banish Shah / Bhupendra Adhikari
Direction : Samjhana Upreti Rouniyar

SINDURI SINDURI RANG | |सिन्दुरी सिन्दुरी रङ || Phagu || फागु

Vocal : Banika Pradha / Rajesh Payal Rai
Lryics : Dayaram Pandey
Music : Basanta Sapkota
Dance : Kamal Rai
Color : Renish Fago
Camera : Ramsharan Upreti
Edit : Banish Shah / Bhupendra Adhikari
Direction : Samjhana Upreti Rouniya

प्रतिक्रिया