Bisal Chautari Logo

अनाथहरुलाई सहयोगार्थ भब्य च्यारिटी सोमा ‘चकलेट’ रुचाइयो

- २७ मंसिर २०७२, आईतवार १६:२६ मा प्रकाशित


poozana pradhan chocolate nepali movie
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ मंसिर २७ आइतबार । अनाथहरुलाई सहयोगार्थ निर्माण गरिएको चलचित्र ‘चकलेट’को भब्य च्यारिटी सोमा सिनेमा सबैले मनपरेको प्रतिकृया दिएका छन् । आज काठमाण्डौको सिटि सेन्टर स्थीत बिग सिनेमामा हिमानी ट्रष्टको १५ जना मेम्बर, हिमानी शाहको मामा, माइजु र १५० भन्दा बढीले सिनेमा हेरेका थिए । चलचित्र चकलेट सामाजिक सन्देश दिने सिनेमा भएकाले पनि धेरैजनाले रोएको बताए ।
poozana pradhan chocolate nepali movieअनाथ बालबालिकाको लागि सहयोगार्थ निर्माण गरिएको चलचित्र मंसिर १८ गते रिलिज भएता पनि ब्यावसायिक रुपमा सफल हुन सकेन । अभिनेत्री पूजनाले चलचित्र चलाएर पचास जना बालबालिका पढ्ने र बस्ने भवन निर्माण गर्ने लक्ष्य राखेकी थिइन् । सिनेमाले राम्रो ब्यापार गनरेपनि धेरै ठाउबाट च्यारिटीका लागी प्रस्ताव आएकाले च्यारिटी सो मार्फत दर्शकबाट उठाएको रकमबाट सडकमा रहेका ५० जना बालबालिकालाई पाल्ने, पढाउने जिम्मा लिएर भवन निर्माण गर्न लागेकी छिन् । चलचित्रबाट आएको सम्पुर्ण रकम भवन निर्माणमा नै खर्च हुने पूजनाले बताएकी छिन् । साथै यो अभियानमा सम्पूर्ण नेपालीहरुलाई सहयोग गर्न पनि पुजनाले अपिल गरेकी छन् । चलचित्रलाई हास्य अभिनेता निर्मल शर्माले निर्देशन गरेका हुन् ।

poozana pradhan chocolate nepali movie (3)

प्रतिक्रिया