Bisal Chautari Logo

दर्शकको राम्रै प्रतिकृया आउदा पूजनाले भने फेसबुकमा लेखिन्, ‘चकलेट’ चलेन (दर्शकको प्रतिकृया सहित)

- २१ मंसिर २०७२, सोमबार १८:०२ मा प्रकाशित


poozana pradhan chocolate movie
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ मंसिर २१ सोमबार । गत शनिबार कुमारी हलमा चलचित्र ‘चकलेट’ हेर्न पुगेका दर्शकहरुले सिनेमा राम्रो रहेको प्रतिकृया दिइरहदा अभिनेत्री तथा यस चलचित्रकी निर्मात्री समेत रहेकी पुजना प्रधानले आफ्नो चलचित्र ‘चकलेट’ राम्रो नचलेको आफ्नो फेसबुकमा लेखेकी छिन् ।

poozana pradhan chocolate movie
अभिनेत्री पुजनाले सामाजिक सञ्जाल फेसबुकमा सोमबार १ बजेर १० मिनेट जादा लेखेकी छिन्, ‘तपाईहरुले हेरिदिनु भएन त्यसैले चकलेट फिल्म चलेन ।। नेपालीलाई राम्रो कथा राम्रो फिल्म भन्दा हावाको कथा भएको फिल्म नै मनपर्दो रहेछ । मैले राम्रो मनले राम्रो कामको लागि फिल्म बनाए तर तपाईहरुको साथ पाईन ।। धन्यवाद यो नै मेरो फेसबुकमा अन्तिम स्ट्याटस हो आजबाट म फेसबुक पनि चलाउदिन ।।।’

poozana pradhan chocolate movie (2)
सडक बालबालिकाको अवस्था माथि आधारित चलचित्रमा पूजना र अयुष्मान घिमिरे मुख्य भूमिकामा प्रस्तुत भएका छन् । हिजो आइतबार बिग सिनेमा हलमा प्रेस शोमा पनि चलचित्रलाई सबैले राम्रो बनेको सबैले प्रतिकृया दिएका थिए ।
अभिनेत्री पूजनाले चलचित्र चलाएर पचास जना बालबालिका पढ्ने र बस्ने भवन निर्माण गर्ने लक्ष्य राखेकी थिइन् । हास्य अभिनेता निर्मल शर्माद्धरा निर्देशित पहिलो चलचित्र ‘चकलेट’को कलेक्सन भने न्युन रहेकोछ ।

कुमारी हलमा शनिबार चलचित्र ‘चकलेट’ हेर्न पुगेका दर्शकहरुको प्रतिकृया :

poozana pradhan chocolate movie (4)

poozana pradhan chocolate movie (3)

प्रतिक्रिया