Bisal Chautari Logo

चर्चित संगीतकार महेशमाथी दिपिलले लगाएको आरोपमा माफ माग्न संगीतकर्मीहरुको आक्रोश

- १५ मंसिर २०७२, मंगलवार १२:१६ मा प्रकाशित


mahesh khadka character assassination in facebook
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ मंसिर १५ मंगलबार । विगत २ दशकदेखी नेपाली साङ्गीतक क्षेत्रमा लागिरहेका चर्चित संगीतकार महेश महेश खड्का माथि अमेरिकामा बस्दै आएका गीतकार दिलिप योञ्जन तामाङ्ले सामाजिक सञ्जाल फेसबुक मार्फत लगाएको आरोप अनी चरित्र हत्यामाथी माफ माग्न नेपाली साङ्गीतक क्षेत्रका सम्पुर्ण संघसंस्थाहरुले आक्रोशपुर्ण आग्रह गरेका छन् ।

mahesh khadka character assassination in facebook
हिजो संगीतकार संघ नेपालले आयोजना गरेको पत्रकार समेलनमा संगीतकर्मीहरुले एक संगीतकार महेश खड्कामाथी मात्र नभइ सम्पूर्ण संगीत जगतप्रति नै धावा बोलेको भन्दै आरोपप्रती गम्भिर भ्यानाकर्षण भएको बताएका छन् ।
कार्यक्रममा आरोप पिडित तथा संगीतकार संघका महासचिव समेत रहेका महेश खड्काले प्रेस विज्ञप्ति पढेर सुनाउदै आफुले नेपाली साङ्गीतिक क्षेत्रमा विगत २ दशक अगाडीदेखी लागेर कमाएको मान–सम्मान, इज्जत माथी प्रहार गर्दै ठग, डाका, करार गरी सार्वजनिक गाली बेइज्जती मार्फत मेरो मान हानी गर्ने कामसंगै मानसिक तनावपनि दिएको बताए ।

mahesh khadka character assassination in facebook (2)गीतकार दिलिपले चालेको उक्त कदम गलत रहेको भन्दै संगीतकार संघ नेपालका अध्यक्ष लक्ष्मण शेष, रोयल्टी संकलन समाज नेपालका अध्यक्ष सुरेश अधिकारी, गीतकार संघ नेपालका अध्यक्ष योगेन्द्रमणी दाहाल, नेपाल सांगीतिक संघका अध्यक्ष मिलन मोक्तान, प्रस्तोता समाज नेपालका अध्यक्ष तुलसी पराजुली र आदिवासी जनजाती स्रष्टा कलाकार संघका अध्यक्ष शशि गुरुङले पनि सयुक्त विज्ञप्ति जारी गर्दै गीतकारलाई माफि माग्नका लागि आग्रह गरेका छन । कार्यक्रममा संगीतकार संघ नेपालका उपाध्यक्ष तथा प्राज्ञ संगीतकार शान्तिराम राई, बसन्त सापकोटा, लगायतलेपनि उपस्थित रहेका थिए ।
mahesh khadka character assassination in facebook (1)

त्यस्तै संगीतकार संघका अध्यक्ष लक्ष्मण शेष कडा रुपमा प्रस्तुत भएका थिए । शेषले कार्यक्रममा बोल्दै संगीतकार महेश खड्काप्रति लगाएको आरोपमा गीतकार दिलिप योञ्जनले सामाजिक सञ्जाल फेसबुकमै माफी नमागे, संगीतकारहरुको संगठन पावर हेर्न चाहेको हो भने गीतकार दिलिपलाई देखाइदिने समेत बताए । कार्यक्रममा सबै संघसंस्थाहरुले जो केहीपनि संगीतमा ठगिए संगीत सम्वन्धि संघसंस्थाहरुमा उजुर गर्नुपर्ने समेत बहस चलेको थियो ।

गीतकार दिलिपले आफ्नो फेसबुक मार्फत संगीतकार खड्काले गीत रेकर्डिका लागि भनेर आफूसंग एक लाख रुपैया लिएर गीत रेकर्ड नगरि ठगेको भन्दै केही समय अगाडी स्टाटस सियर गरेका थिए । गीतकार दिलीपले उक्त स्टाटस धेरैलाई शेयर गरेको थियो । शेयर गरेको स्टाटस अहिले तामाङ्ले डिलिट गरेका छन ।

प्रतिक्रिया