Bisal Chautari Logo

बेल्जियममा ‘फन्को’ हेरेर दर्शकहरुले भने, ‘सिनेमा उत्कृष्ठ बनेको छ’

- १० मंसिर २०७२, बिहीबार १४:०० मा प्रकाशित


FANKO Nepali Movie Belgium premiere
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ मंसिर १० बिहिबार । नेपालमा माघ एक गते रिलिज हुने भनिएको चलचित्र फन्कोले युरोपको बेल्जियम शहरबाट बाट रेडकार्पेट सहित प्रिमियर गरेको छ । चलचित्रले गत सोमबार नोभेम्बर तेईसमा बेल्जियमको सिनेमाहल जेड लुभेन बाट प्रर्दशन गरेको हो ।

FANKO Nepali Movie Belgium premiereरेडकार्पेटमा नेपालको संबिधान सभा सांसद महालक्ष्माी डिना उपाध्याया,गैर आबाशिय नेपाली संघका केन्द्रिय सचिब अर्जुन श्रेष्ठ, गैर आबाशिय नेपाली संघ बेल्जियम अध्यक्ष गंगाधर गौतम बेल्जियमका बिभिन्न संघ संस्थाका प्रतिनिधिहरुले चलचित्रलाई सुभकामन दिएका थिए । सुरुमा एक शो मात्र प्रर्दशन गर्नेे भनिए पनि दर्शकहरुको अत्याधिक चापले गर्दा चलचित्रलाई अर्को शो थप गरी दुई सो प्रर्दशन गरीएको निर्माता शहदेब गौतमले बताए । दोश्रो शो मा पनि दर्शकहरुको चाप बढेपछि फन्कोलाई आगामी २९ तारिखका दिनमा अर्को दुई शो गरीन लागेको र यसको लागी हल बुकिङ्ग भैसकेको चलचित्रका प्रस्तुतकर्ता पदम गुरुङ्गले बताए । चलचित्र फन्को हेर्ने बेल्जियमका एन.आर.एन.ए दर्शकहरुले चलचित्र उत्कृष्ठ बनेको प्रतिकृया दिएका छन । चलचित्रले आम नेपाली युवायुवतीहरुको मोटो रकम कमाउने मोहको कथा बोलेको र चलचित्रको प्रस्तुतीले अत्यन्तै मन छोएको दर्शकप्रतिकृया छ । चलचित्र हेरेर दयाहाङ्ग राई,सौगात मल्ल,प्रिंयका कार्की,केकी अधिकारी,अनुप बरालको प्रशंसा तारिफयोग्य भएको बताईएको छ । पहिलो शो पछि बढेको माउथ पब्लीसिटीले चलचित्रलाई अन्य शोहरु का लागी माग भैरहेको निर्माता गौतमले बताए । बेल्जियममा एउटै सिनेमालाई एकै ठाउमा हाउसफुलका साथ यति धेरै शो गरीएको यो पहिलो चलचित्र हो । चलचित्र थ्रिर्लर सस्पेन्स रहेकाले खुबै चासोका रुपमा दर्शकहरुले हेरेका थिए । फरक खाले प्रस्तुतीलाई दर्शकहरुले मन पराएकाले अब बेल्जियममा शो थप हुने प्रस्तुतकर्ता गुरुङ्गले बताए । शुरुमा दुई शो मात्र गर्ने भनिए पनि दर्शकहरुको चाप र मागले गर्दा पुन्ह शो थप गरेको उनले बताए । चलचित्र हेरीसकेपछिा दर्शकहरुले खुलेर चलचित्रको तारिफ समेत गरेका थिए । सुवर्ण थापाले निर्देशन गरेको फन्को, नेपाली मनको चलचित्र रहेको दर्शकहरुको प्रतिकृया छ । नेपालमा यो चलचित्र आगामी माघ एक गते रिलिज हुदैछ । मल्टिस्टार कलाकारहरु सौगात मल्ल,दयाहाङ्ग राई,अनुप बराल,प्रियका कार्की,केकी अधिकारी लगाएतका कलाकारहरुले अभिनय गरेको यो चलचित्रमा कमेडी,सस्पेन्स,हास्य संगै सामाजीक कथालाई उठान गरीएको छ । सौगात मल्ल नेताको डा्रईभरको भुमिकामा देखिदै छन भने केकी ड्राईभरको श्रीमतिको भुमिकामा देखिदै छिन । यो चलचित्रमा नायिका प्रियका कार्की र दयाहाङ्ग अलि फरक भुमिकामा देखिएका छन । प्रियका दयाको पार्टनर साईड भुमिकामा रहेकी छिन । चलचित्रमा दया र प्रियकाको पार्टनर कस्तो कार्यमा रहेको छ नखुलाईए पनि पैसाको लागी महादेबको तिन नेत्र भने जस्तै पैसाको पछाडी दगुर्नेे आम युवा युवतीको फन्कोको कथन रहेको निर्देशक थापाले बताएका छन । पदम गुरुङ्गको प्रस्तुतीमा नरेन्द्र महर्जन र शहदेब गौतमको लगानीे चलचित्र रहेको छ । दुई गित समाबेश रहेको यो चलचित्रमा चेतन सापकोटाको संगितमा गायिका ईन्दिरा जोशी स्वंमले म त लोकल ब्युटी बोलको गितमा नृत्य समेत गरेकी छिन । एक साता अघि यु टयुबमा राखिएको यो गितलाई पचहत्तर हजार भन्दा बढी दर्शक श्रोताहरुले हेरीसकेका छन । चलचित्र राम्रो बनेकाले दर्शकहरुले मनपराउनेमा निर्माता महर्जन ढुक्क छन । चलचित्रलाई युरोपको बेल्जियमका बिभिन्न स्थानमा शो पश्चात ,फिल्याण्ड,डेनमार्क,अस्ट्रीया,ईटालि,स्पेन,पोर्चुगल,फ्रान्स लगाएतका देशहरु र अमेरिका अस्ट्रेलिया देशहरुमा पनि प्रर्दशन गर्ने बताईएको छ ।

प्रतिक्रिया