Bisal Chautari Logo

भुकम्पको केन्द्रविन्दु वारपाकमा सुटिङ गरिएको ‘टिस्टा पारीको साइनो’ पौष १० बाट प्रदर्शन

- २३ कार्तिक २०७२, सोमबार १८:३९ मा प्रकाशित


Tista pariko Saaino nepali movie
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ कात्तिक २० शुक्रबार । भुकम्पको केन्द्रविन्दु वारपाकमा सुटिङ गरिएको ‘टिस्टा पारीको साइनो’ पौष १० बाट प्रदर्शनमा आउने भएको छ । यो बर्ष वारपाकको सबैलाई कण्ठ नै भयो ,कारण बैशाख १२ विनाशकारी भुकम्प । भुकम्पको केन्द्रविन्दु वारपाक भएकाले पनि सबैको ध्यान यता गएको थियो । किनकी पहिले जस्तो वारपाकसंगै लाप्राक पनि छैन । तर यहा शुटिङ भएको फिल्म ‘टिस्टा पारीको साइनो’ भने अब पौष १० बाट प्रदर्शन हुने भएको छ । भुकम्प अघि नै त्यसक्षेत्र शुटिङ भएकाले पनि यो फिल्मनै लगभग त्यस क्षेत्र शुटिङ भएको अन्तिम फिल्म हो ।

Tista pariko Saaino nepali movie
यस फिल्मको राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै गत शनिवार ट्रेलर तथा गीत सार्वजनिक गरियो । सिक्किम सरकारका मन्त्री गर्जमान गुरुङले फिल्मको ट्रेलर तथा गीतहरु सार्वजनिक गरे । खिल बहादुर गुरुङको कथा तथा निर्देशन रहेको फिल्मले अन्तरदेशीय प्रेम सम्बन्धलाई विषय बनाएको छ ।
निर्देशकले फिल्मले गुरुङ समुदायमा प्रचलित घाँटु नाचलाई जोड्ने सम्बन्धलाई प्रस्तुत गरेको जानकारी दिए , साथै उनले भने ‘लिम्बू संस्कृतिको परिवेशमा हुर्केको प्रेम सम्बन्धलाई फिल्मले रोचक तवरले पस्केका छौ । वाइ के।मेघी गुरुङ र रोजर गुरुङको संयुक्त निर्माण रहेको फिल्म ‘टिस्टा पारीको साइनो’ मा निर्देशक सहित अमिर गुरुङ लगायत कलाकारहरुको अभिनय रहेको छ भने यसमा प्रोडक्सन डिजाईनर बुद्धिलाल मगर रहेका छन् ।

प्रतिक्रिया