Bisal Chautari Logo

अनमोलले आमालाई हिरोइन बनाएर ‘म त तिम्रै हु’को निर्माता बने

- २३ कार्तिक २०७२, सोमबार १८:१३ मा प्रकाशित


anmol kc Mother made to actress sushmita kc
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ कात्तिक २३ सोमबार । अभिनेता अनमोल केसीले आफ्नी आमा (सुस्मिता) लाई हिरोइन बनाएर ‘म त तिम्रै हु’को निर्माता बन्ने भएका छन् । केही दिन अगाडी एक पत्रकार सम्मेलनको आयोजना गरी चलचित्र निर्माण हुने बारेमा जानकारी दिइएको थियो ।

anmol kc Mother made to actress sushmita kc
अभिनेत्री सुस्मिताको नया चलचित्र ‘म त तिम्रै हु’को निर्माण सुरु समेत भएको छ । आजबाट छायांकन सुरु भएको छ । यो चलचित्रलाई सुस्मिताका छोरा नायक अनमोल केसीले निर्माण गर्नेछन् । चलचित्रमा अनमोलसागै सुवास थापाको लगानी रहनेछ । सुस्मिताको प्रस्तुतीमा बन्ने चलचित्रलाई श्रीराम महतले निर्देशन गर्दैछन् । चलचित्रमा सुस्मिताको साथमा विजय लामा, सुशिल काफ्लेको मुख्य अभिनय रहनेछ ।

anmol kc Mother made to actress sushmita kc-1साथमा नया कलाकारहरु आकाश श्रेष्ठ, जीवन भट्टराई, ज्योत्सना योगी, अनुपम श्रेष्ठ, सुसन खड्का यही चलचित्रबाट यो क्षेत्रमा प्रवेश गरेका छन् । चलचित्रमा सौरभ लामाको छायांकन, कविराज गहतराजको नृत्य निर्देशन, हिमाल केसीको एक्सन, हर्कुलेस बस्नेतको संगीत, सुस्मिताकै कथा, कृष्ण आचार्यको पटकथा तथा संवाद रहनेछ । चलचित्रको कथावस्तुले अनमोललाई नखोजेकाले उनलाई नलिएको कलाकार सुस्मिताको भनाई छ । अनमोलले पनि चलचित्रमा लगानी गर्न पाउादा खुशी लागेको बताए । उनले यो चलचित्र सफल भएको खण्डमा अरु चलचित्र पनि निर्माण गर्ने बताएका छन् ।
चलचित्रले महिला संवेदना, युवा पुस्ताको कथालाई उठान गर्नेछ । करिब ५ बर्षपछि सुस्मिता चलचित्र निर्माण तथा अभिनयमा फर्किएकी हुन् । चलचित्रको बिषयमा अनमोलसाग धेरै सल्लाहा गरेपनि भूवनसाग भने कुनै बिषयमा कुरा नै नगरेको सुस्मिताले बताइन् । उनले भूवनले चलचित्र निर्देशन गर्नु र आफूले चलचित्र निर्माण सुरु गर्नु कुनै प्रतिस्पर्धा भन्दा पनि संयोग मात्र भएको बताइन् ।

sushmita kc

प्रतिक्रिया