Bisal Chautari Logo

सहिमाको चोखो प्रेमलाई ‘बार बार’ रंग पत्रकार विजयले धोका दिएपछी (भिडियो सहित)

- २२ कार्तिक २०७२, आईतवार १७:०३ मा प्रकाशित


SAHIMA SHRESTHA and bijay aawaj modling song BAAR BAAR
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ कात्तिक २२ आइतबार । नेपाली सुगम संगीतमा गायिका सहिमा श्रेष्ठ चर्चित छिन् । ‘हेरेको हेरेकै हुन्छु होला’ बोलको गीत गाएपछि चर्चामा आएकी सहिमा अहिले गायनसँगै मोडलिङमा पनि व्यस्त छिन् । तर गायिका साहिमा श्रेष्ठको चोखो प्रेमलाई ‘बार बार’ रंग पत्रकार विजयले धोका दिएपछी पिडामा छिन्, तर यो पिडा एक म्युजिक भिडियोमा हो ।

SAHIMA SHRESTHA and bijay aawaj modling song BAAR BAAR
सहिमा श्रेष्ठको आवाजमा रहेको ‘बार बार जसले दिलमा’ बोलको गीत अहिले चर्चामा छ । यो गीतको म्यूजिक भिडियो पनि तयार भएको छ । छायांकन भएको करिव एक वर्षपछी यो गीतको भिडियो सार्वजनिक गरिएको हो । समन अधिकारीले निर्देशन गरेको भिडियोमा एक प्रेमीले दिएको पीडाबाट छटपटाएकी प्रेमिकाको कथा समावेश छ । गीतको भिडियोमा शिवराम श्रेष्ठको छायांकन, निशान घिमिरेको सम्पादन छ ।
भिडियोमा गायिका सहिमा श्रेष्ठले आफै मोडलिङ गरेकी छिन् । उनको साथमा भिडियोमा पहिलो पटक रंग पत्रकार विजय सुवेदी ‘आवाज’ले काम गरेका छन् । भिडियोमा प्रेममा चुर्लुम्ब डुबाएर प्रेमिकालाई छाड्ने यूवकको भूमिकामा पत्रकार विजय देखिएका छन् । विजयले भिडियोको कन्सेप्ट मन परेपछि काम गरेको बताए । उनले भने,–’गीतको शब्द, सहिमाको आवाज र निर्देशकको कन्सेप्ट मनपरेपछि मैले काम गरेको हुँ ।’ गीतमा संगीत महेश खड्काले दिएका छन् ।

BAAR BAAR || बार बार || FULL NEPALI SONG || SAHIMA SHRESTHA

BAR BAR || बार बार
Album : SRINGAR
Lyrics: D.Shubedi
Music: Mahesh Khadka
Modal: Sahima Shrestha & Bijay Awaj

प्रतिक्रिया