Bisal Chautari Logo

पुजा र प्रदिपको मनछुने भ्यालेन्टाइन ‘प्रेमगीत’, पहिरण र सेट भब्य (भिडियो सहित)

- २६ आश्विन २०७२, मंगलवार १६:२७ मा प्रकाशित


PREM GEET puza sharma TEASER
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ असोज २६ मंगलबार । पछिल्लो समयकी चर्चित अभिनेत्री पुजा शर्माद्धरा अभिनित चलचित्र ‘प्रेमगीत’ को टिजर सार्वजनिक भएको छ । अभिनेत्री पुजा शर्मा र नव–अभिनेता प्रदीप खड्काको अभिनय रहेको यस सार्वजनिक टिजरका दृश्यहरु मनमोहक देखिएका छन् । आनन्ददायी बनाउने यो टिजर हेर्दा जो कसैलेपनि ‘वा’ भन्ने पहिरन र सेट र साजसज्जा रहेको छ ।

PREM GEET puza sharma TEASER
यस टिजरमा अभिनेत्री पुजा शर्मा भिन्नै रुपमा देखिएकी छिन् । भब्य लाग्ने साजसज्जामा अभिनेत्री पुजाको पहिरन एकदमै राम्रो खुलेको छ । चलचित्रमा पुजा र प्रदिपको जोडी एकदमै सुहाएको छ । हालै रिलिज भएको फिल्म चंखे शंखे पंखेका निर्देशक सुदर्शन थापाको निर्देशन र निर्माता सन्तोष सेनको निर्माणमा तयार भएको चलचित्र यसै वर्षको भ्यालेन्टाइनमा रिलिज हुने बताइएको छ । चलचित्रमा अर्जुन पोखरेलको संगीत, सुगम पोखरेल र अन्जु पन्तको स्वर रहेको छ भने रेनेशा राईले कोरियोग्राफी गरेकी छिन् ।

Directed by Sudarshan Thapa, Prem Geet has been produced by Santosh Sen featuring Pooja Sharma and Pradeep Khadka .

प्रतिक्रिया