Bisal Chautari Logo

आर्यन र प्रियंका पपुलर कलाकार, खगेन्द्र र ऋचा उत्कृष्ट नायक–नायिका

- १० आश्विन २०७२, आईतवार ११:४२ मा प्रकाशित


nefta award 2015 qatar aaryan sigdel and priyanka karki
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ असोज १० आइतबार । नेपाल चलचित्र प्राविधिक संघले कतारको एसियाना टाउनमा आठौ नेफ्टा फिल्म अवार्ड सम्पन्न गरेको छ । हजारौ दर्शकको भिडमा नेपाली फिल्मका कलाकार अवार्ड समाराहोमा सहभागी भएका थिए ।

nefta award 2015 qatar aaryan sigdel and priyanka karki
अवार्ड समारोहमा नेपाली हाास्य क्षेत्रका चर्चित जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई कला रत्न उपाधीबाट सम्मानित गरिएको छ । कार्यक्रमका प्रमुख अतिथी सूचना तथा संचार मन्त्री डाक्टर मिनेन्द्र रिजालले मह जोडीलाई उपाधी प्रदान गरेका थिए ।
एसियाना टाउनको भव्य स्टेडियममा सम्पन्न अवार्डमा करिब १० हजार दर्शकको उपस्थित थियो । स्टेजमा कलाकार पुग्दा दर्शकको चर्को हुटिङ आएको थियो ।nefta award 2015 qatar rajesh payal rai
अभिनेता आर्यन सिग्देल र अभिनेत्री प्रियंका कार्कीलाई पपुलर कलाकारको अवार्ड दिइएको छ । अवार्ड पाएपछि अभिनेता सिग्देलले सम्पूर्ण रंग पत्रकारलाई अवार्ड समर्पित गरेका थिए । अभिनेत्री प्रियंका कार्कीले फिल्म ‘नाई नभन्नु ल ३’को गीतमा नृत्य गरेकी थिइन् ।
अवार्डमा सहभागी हुनका लागि नेपालबाट करिब ८० जना दर्शक कतार पुगेका थिए । मह जोडीका साथमा अभिनेताहरु आर्यन सिग्देल, सौगात मल्ल, सौरमराज तुलाधर, संजोग कोइराला, गौरव पहारी कतार पुगेका थिए । यस्तै, अभिनेत्रीहरु बसुन्धरा भुषाल, प्रियंका कार्की, केकी अधिकारी, ऋचा शर्मा, अनु शाह, आस्मा डीसी, छुल्ठिम गुरुङ, आना शर्मा, अकेशा बिष्ट, रिज्जु श्रेष्ठ पनि कतार पुगेका थिए ।
कार्यक्रममा कतारमा रहेका नेपाली कलाकारले विविध प्रस्तुती पस्किए । यस्तै, नेपालबाट गएका कलाकारमध्ये रिजु श्रेष्ठ, आना शर्मा, प्रियंका कार्की, गजित बिष्ट, संगम बिष्टले आफ्नो प्रस्तुती दिएका थिए । गायकद्धय राजेशपायल राई र यूवराज चौलागाइले पनि २–२ वटा गीत गाएका थिए ।
कार्यक्रममा विश्वकै कान्छा निर्देशक सौगात बिष्टलाई कतारको तर्फबाट अवार्ड आयोजना गरेको अन्तरराष्ट्रिय कलाकार मञ्चले सम्मान पनि गरेको थियो ।

अवार्डका विजेताहरुको नामवली यसप्रकार छ :

जुरी अवार्ड: कबड्डी
उत्कृष्ट फिल्म: टलकजंग भर्सेस टुल्के
उत्कृष्ट निर्देशक:निश्चल बस्नेत(टलकजंग भर्सेस टुल्के)
उत्कृष्ट अभिनेत्री:ऋचा शर्मा(टलकजंग भर्सेस टुल्के)
उत्कृष्ट अभिनेता:खगेन्द्र लामिछाने (टलकजंग भर्सेस टुल्के)
उत्कृष्ट आदिवासी फिल्म:यम्पु देउराली
उत्कृष्ट नव निर्देशक: रामबाबु गुरुङ(कबड्डी)
उत्कृष्ट छायांकार: शैलेन्द्रध्वज कार्की(जेरी)
उत्कृष्ट सम्पादक: सुरेन्द्र पौडेल(आभाष)
उत्कृष्ट डेब्यू अभिनेत्री:आना शर्मा(जेरी)
उत्कृष्ट डेब्यू अभिनेता: हसनराजा खान(अलबिदा)
उत्कृष्ट सह अभिनेत्री: छुल्ठिम गुरुङ
उत्कृष्ट सह अभिनेता: सलोन बस्नेत(आभाष)
उत्कृष्ट खलपात्र: अनुपविक्रम शाही(हासिया)
उत्कृष्ट चरित्र अभिनेत्री: सूर्यमाला खनाल(सुन्तली)
उत्कृष्ट चरित्र अभिनेता: सविन बाास्तोला(सुनपानी)
उत्कृष्ट बाल कलाकार: संगम बिष्ट(लभ यू बाबा)
उत्कृष्ट हाास्य कलाकार: सुवास थापा(विर्खेलाई चिन्छस्)
उत्कृष्ट पाश्र्व गायक: यूवराज चौलागाई(नोभेम्बर रेन)
उत्कृष्ट पाश्र्व गायिका: रजिना रिमाल(नाई नभन्नु ल ३)
उत्कृष्ट एरेन्जर: अल्मोदा उप्रेती
उत्कृष्ट संगीतकार: अर्जुन पोख्रेल(स्टूपिड मन)
उत्कृष्ट शब्द: डाक्टर कृष्णहरी बराल(कोहिनुर)
उत्कृष्ट नृत्य निर्देशक: कविराज गहतराज(हवल्दार सुन्तली)
उत्कृष्ट ब्याकग्राउण्ड म्यूजिक: मनोज कुमार केसी(माला)
उत्कृष्ट एक्सन: रोशन श्रेष्ठ(वान वे)
उत्कृष्ट कला निर्देशक: अन्जान गजुरेल र पासाङ टी शेर्पा(कोहिनुर)
उत्कृष्ट साउण्ड मिक्सिङ: उत्तम न्यौपाने(जेरी)
उत्कृष्ट ड्रेस: निरा राणा(सेतो वाघ)
उत्कृष्ट मेकअप: दिपु पौडेल(माला)
उत्कृष्ट संवाद: खगेन्द्र लामिछाने (टलकजंग भर्सेस टुल्के)
उत्कृष्ट पटकथा: पासाङ लामा(झिग्राना)
उत्कृष्ट कथा: सविन बाास्तोला(सुनपानी)
पपुलर अवार्डतर्फका विजेता यसप्रकार छन् :
पपुलर अभिनेता: आर्यन सिग्देल
पपुलर अभिनेत्री: प्रियंका कार्की
पपुलर फिल्म: कोहिुनर

प्रतिक्रिया