Bisal Chautari Logo

विल्सन र मेनुकाको मस्ति ‘रातो घर’मा || अडियो गीत ‘ओके छ त’ सार्वजनिक

- ६ आश्विन २०७२, बुधबार ०५:२७ मा प्रकाशित


Wilson Bikram Rai and Menuka Pradhan RAATO GHAR song ko chha ta
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ असोज ०६ बुधवार । पछिल्लो समय नेपाली सिनेमा क्षेत्रमा निकै चर्चामा रहेको नेपाली कमेडी चलचित्र ‘रातो घर’को अडियो गीत रिलिज गरिएको छ । ‘ओके छ त’ बोलको सार्वजनिक अडियो गीतमा मोना सिंह र डम्बर नेपालीको आवाज रहेको छ । गीतमा डम्बर नेपालीकै शब्द, संगीत रहेको छ ।

Wilson Bikram Rai and Menuka Pradhan RAATO GHAR song ko chha ta
सार्वजनिक अडियो गीतमा अभिनेता विल्सन विक्रम राई र मेनुका प्रधानको रोमान्स सिनेहरु राखिएको छ । चलचित्र रातो घरमा विल्सन विक्रम राई, सयंम पुरी, गौरव पहारी, मेनुका प्रधान, विकेश श्रेष्ठ, जितेन लामा, अनुराग कुावर, भानु प्रताप, उपशना नेम्वाङ, श्याम राई लगायतका कलाकारहरुले अभिनय गरेका छन् । चलचित्रमा सुरज सुब्बा नाल्बोको पटकथा र निर्देशन रहेको छ । निकेश लिम्बुको प्रस्तुतीमा निर्माण भएको यस चलचित्रमा महेश खडका र डम्बर नेपालीको संगीत रहेको छ ।
सुरज सुब्बा नाल्बो र विल्सन विक्रम राईको लगानीमा निर्माण भएको यस चलचित्रलाई मेन्छा रुम्दालिले लेखेका छन् ।

RAATO GHAR | OK CHHA TA | NEW SONG WITH LYRICS
A film by SURAJ SUBBA NALBO
Film-Raato Ghar
Mang Heem Films
Takme Production
Present by – Nikesh Limbu
Producer- Suraj Subba Nalbo/Wilson Bikram Rai
Writer/Director -Suraj Subba Nalbo
Music/ Lyrics/Singer –Dambar Nepali
Singer- Mona Sing
Story – Mencha Rumdali
Film Editor-Bipin Malla
Cinematographer- Kabiraj Gahatraj
Action-Roshan Shrestha
Back Ground Score-Mohit Munal
Choreographer (DOP)-Hari Ghale Lama
Camera Parsion- Dipendra Prashad Thapaliya(Mane)
Sound Desing/Mixing- Sunayman Shrestha
Visual Effects-Gautam Raj Khadka
D.I.Colour-Manoranjan Shrestha
Chief Asst Director-Tara Neupane
Asst Director- Yodin Limbu Nalbo
Production Manager-Arjun Pokharel/Sankar Pandey
Poster Design-Ujjawal Shrestha
Pre N Post Production-Busy Bee Entertainment Pvt.Ltd.
CAST- Wilson Bikram Rai,Menuka Pradhan,Samyam Puri,Gaurav Pahari,Anurag Kunwar,Mala Limbu,Bikesh Shrestha,Gten Tamang,Bhanu Pratap,Shyam Rai,Kamala Limbu,Nikol Limbu,Tikam sharma,Hemraj Baraili,Dawa Lama.

प्रतिक्रिया