Bisal Chautari Logo

‘ब्रिटिश गोर्खा अवार्ड’ हुने || ‘भिसी’ रामबहादुरले भने : ‘भिसी सम्मानीत पद भएपनि याङ हुदैन’

- ३१ भाद्र २०७२, बिहीबार १५:१९ मा प्रकाशित


british gurkha award in nepal_VC captain rambahadur limbu 
तस्बिरहरु : विशाल राई
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ भाद्र ३१ बिहिबार । बेलायतमा रहेका नेपालीहरुको संस्था ब्रिटिस गोर्खा नेपाली परिषदले उत्कृष्ट नेपाली प्रतिभाहरुलाई बार्षिक रुपमा ‘ब्रिटिस गोर्खा अवार्ड’ प्रदान गर्ने भएको छ ।

british gurkha award in nepal_VC captain rambahadur limbu
विहीबार परिषदको नेपाल च्याप्टर उद्घाटन कार्यक्रमका अवसरमा अवार्डका बारेमा जानकारी गराइएको हो । परिषदका उपाध्यक्ष तथा प्रवक्ता किरण टी लिम्बुले पाच विधामा उत्कृष्ट स्रष्टा तथा प्रतिभाहरुलाई उक्त अवार्ड प्रदान गरिने जानकारी दिए ।
कार्यक्रममा संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव तथा बरिष्ठ गायक गणेश रसिक, बरिष्ठ कवि बैरागी काइाला, पूर्व्मिस नेपाल रुवि राणा, संस्कृतिविद तुलसी विवश, डा. सुरेन्द्र केसी, चलचित्र निर्देशक समाजका अध्यक्ष डिनेश डिसी, अभिनेत्री करिश्मा मानन्धरलगायतका विशिष्ट व्यक्तित्वहरुको सहभागिता थियो ।

british gurkha award in nepal_VC captain rambahadur limbu -1
कलाकारिता, साहित्य, पत्रकारिता, संगीत र खेलकुद क्षेत्रमा राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा उच्च योगदान पुर्‍याउने नेपाली प्रतिभालाई अवार्ड प्रदान गरिने बताए । अवार्ड आगामी बर्ष देखि बर्षेनी प्रदान गरिने छ ।

नेपालमा एकमात्र जिवीत भिक्टोरिया क्रस विजयी क्याप्टेन राम बहादुर लिम्बुले गोर्खाली बन्नलाई कठोर संघर्ष गर्नुपर्ने भएकाले सबैले राष्ट्रको नाम उच्च राख्नलाई संघर्ष गर्न आग्रह गरे । भिक्टोरिया क्रस ‘भिसी’ रामबहादुर लिम्बूले ‘भिसी’ पाउनु सजिलो कुरा नभएको स्मरण गराए । दोस्रो विश्वयुद्धमा भिक्टोरिया क्रस पाएका लिम्बूले भने, ‘भिसी घरमा बसेर पाइादैन, यो त दुश्मनको टाउकामा टेकेर पाइने सम्मान हो ।’ उनले भिसी एउटा सम्मानीत पद भए पनि पैसा नहुने बताए ।

VC captain rambahadur limbu                                     ram bahadur limbu victoria cross
उदघाटन कार्यक्रममा बोल्दै बरिष्ठ संस्कृतीविद तुलसी दिवसले नेपाल च्याप्टरको स्थापना गरेर यस्तो किसिमको अवार्ड प्रदान गर्न लागेकोमा खुशी ब्यक्त गरे । उनले ब्रिटिस गोर्खा सैनिकहरुले विश्वमा देखाएको बहादुरीको चर्चा गरे । प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति बैरागी काइलाले पूर्व गोर्खाहरु नेपालीहरुको पहिचान भएको उल्लेख गरे । उनले अवार्डलाई अन्तराष्ट्रिय स्तरको बनाउन सुझाए ।
त्यसै इतिहासविद तथा राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीले ब्रिटिस गोर्खा सैनिकहरुले विभेदका बिच पनि बहादुरी देखाएको प्रति प्रशंसा गरे ।

british gurkha award in nepal- samjhana rai

परिषदले नेपाल च्याप्टरको संयोजकमा पूर्व मिस नेपाल सुविन लिम्बुलाई चयन गरेको छ । त्यस्तै सहसंयोजकमा प्रविन पुमा, कोषाध्यक्षमा सम्झना राई, सदस्यहरुमा नृत्य निर्देशक गोबिन्द राई, पत्रकार अशोकप्यासी राई, फोटो पत्रकार नविन गुरुङ, साहित्यकार स्वप्नील स्मृती, प्रकृती थलङ, पत्रकार युवराज गौतम, ताराप्रकाश लिम्बु, मनोज नेम्बाङ र विमला भण्डारीलाई चयन गरेको छ ।

british gurkha award in nepal_miss nepal subin lumbu
                                                    subin limbu – miss nepal 2014

परिषदले आगामी डिसेम्बरमा लण्डनका १० वटा स्थानमा ‘गोर्खा सांस्कृतीक साझ’ आयोजना गर्ने जनाएको छ ।

प्रतिक्रिया