Bisal Chautari Logo

उषा पौडेल, रुक्मणी नामबाट हिन्दि चलचित्रमा डेब्यु

- ७ भाद्र २०७०, शुक्रबार ०४:५५ मा प्रकाशित


७ भदौ, काठमाण्डौ ।              
नेपालि चलचित्र क्षेत्रमा संर्घस गर्दागर्दै बलिउड हानिएकि अभिनेत्री उषा पौडेल  साढे तीन वर्षको संघर्षपछि बलिउड चलचित्रमा देखिने भएकी छिन् । ओस्कार बिजेता चलचित्र ‘स्लमडग मिलेनियर’मा देखिएका एक अभिनेता अंकुर विकलको जोडीको भूमिकामा उषाले केहि दिन अगाडि छायांकन सेको चलचित्रको शीर्षक हो ‘सुन लड्की’ । यो समाचार आज कान्तिपुर साप्ताहिकले छापेको छ । 
चलचित्रमा अभिनेता तथा अभिनेत्री नयाँ अनुहारहरु छन् । अभिनेत्री पौडेल उक्त चलचित्रकी मुख्य सहअभिनेत्रीको भुमिकामा देखिने भएकि हुन् । उनले भनिन्–‘मेरो वास्तविक नाम रुक्मणी हो, त्यसैले उता पासपोर्टमा भएको नामबाटै चिनिएकी छु । कसैले रुक्मणी भन्छन्, कसैले रुकु त कसैले रुक्मा ।’ उनले आफ्नो नाम चेन्ज गरेको कुरापनि खुलासा गरेकि छिन् ।  
विगत डेढ महिनादेखि काठमाण्डौंमा रहेकी रुक्मणी अर्थात उषाले भनिन् ‘मुम्बईमा साढे तीन बर्ष संघर्ष गरेर अहिले स्थापित हुने क्रममा छु । अहिले दुईमहिनाजति कामबाट फुर्सद भएकाले आफ्नो घर फकिर्एकी हुँ । यसपटकको मेरो बसाई नितान्त पारिवारिक र व्यत्तिगत भएकाले मैले फेसबुकमा नेपाल आइसकेको स्ट्याटस मात्र लेखेकी थिए । त्यही स्ट्याटसका कारण केही साथीभाइले कन्ट्याक्ट गर्नुभयो । मैले पनि नजिकका साथीहरुलाई भेटेँ । भेटघाटमै बित्यो डेढ महिना ।’ उनी आज मुम्बई जाँदैछिन् ।
महाकवी लक्ष्मीप्रसाद देवकोटाको कृति मुनामदनमाथि बनेको चलचित्रमा मुना भएर चर्चामा आएकी उषाले नेपालि चलचित्र चालीसवटा भन्दा बढिमा अभिनेत्रीको रुपमा काम गरिन् । यता स्थापित भैसकेकी उषा अनायासै मुम्बई पलायन भईन् । ‘मुम्बई पलायन हुने सोच थिएन । हरेक कलाकारको सपनाको मुम्बई फिल्म नगरी, म त्यो नगरीमा भाग्य परीक्षा गर्न गएकी थिएँ । ‘ अहिले उषा यो भाग्य परीक्षामा धेरै हदसम्म अघि बढिसकेको अवस्था छ ।

प्रतिक्रिया