Bisal Chautari Logo

खोटाङ हलेसि साझ–३बाट प्राकृतिक विपत अछयकोषको लागि १६ लाख १० हजार रुपैयाँ

- २६ भाद्र २०७२, शनिबार १५:३९ मा प्रकाशित


khotang halesi sanjha in hong kong
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ भाद्र २६ शनिबार । ‘खोटाङ समाज हङकङले’ ‘दैबि प्रकोप विपद अछयकोस निर्माणार्थ खोटाङ हलेसि साझ–३’ केही समय अगाडी भव्यताका साथ सम्पन्न गरेको थियो । खोटाङ हलेसि साझ–३ को प्राकृतिक विपत अछयकोषको लागि १६ लाख १० हजार रुपैया बचत गर्न सफल भएको आयोजक खोटोङ समाज हङकङका अध्यक्ष अधिराज (तेज प्रकाश) राईले फेसबुकबाट सार्वजनिक गरेका छन् ।

khotang halesi sanjha in hong kong
सो कार्यक्रममा चर्चित गायक राजेश पायल राई, संगीतकार महेश खड्का, गायिका ज्योति मगर, मेनुका राई, हास्यकलाकार सैलेन्द्र सिम्खडा, गायक सचिन राई, गुरुङ सोल्टिसंगै स्थानीय नृत्यहरुको बेजोड प्रस्तुती रहेको थियो ।

खोटोङ समाज हङकङका अध्यक्ष अधिराज (तेज प्रकाश) राईको फेसबुकबाट :

खोटाङ हलेसि साझ तेस्रोको सम्पुर्ण हरहिसाबहरु समापन भयको र प्राकृतिक विपत अछयकोषको लागि १६ लाख १० हजार रुपैया बचत गर्न सफल भयको यहाहरुमा जानकारि गराउदछौ, अन्य सोर्सहरुको खोजि गरि चाडैनै सस्थाले जिल्लामा सम्पर्क गरेर २० लाखको बिपत अछयकोषको दर्ता गर्ने र काम अघि बढाउने जानकारि गराउदछौ, यस मातृभुमि नेपाललाई सङकट परेको बेला प्रवासिहरुले सानैरुपमा भय पनि दीर्घकालिन मलम लगाउने काममा मद्दत गरि दिनुहुने सम्पुर्ण हङकङबासि सहयोगि मनहरु,सस्थाहरु, दाताहरु,टिकट खरिद गरिदिनुहुने र हलसम्म पालि दिनुहुने सपोटर दर्सकहरु,प्रचारप्रसारमा सहयोग गरि दिनुहुने मिडियाकर्मिहरु, नेपालबाट आउजु भयका राष्ट्रका गहना तथा सम्पति कलाकार ज्युहरु र अहोरात्र खटि कार्यक्रम सफल पार्न कम्मर कसेर खटनुहुने समाजका सल्हाकार ज्युहरु तथा कार्य समितिका मित्रहरु र परोछ र प्रत्यछ सहगोयिहरु प्रति मेरो ब्याक्तिगत र खोटाङ समाजको तर्फबाट हार्दिक आभार प्रकट गर्दछु.. धन्यबाद

प्रतिक्रिया