Bisal Chautari Logo

राखी सावन्तको १५ भोटले जमानत जफत

- ३ जेष्ठ २०७१, शनिबार १६:३७ मा प्रकाशित


rakhi-sawant-election
काठमाडौं, २०७१ जेठ ३ शनिवार ।  राखी सावन्त बलिउड चलचित्र उद्योगमा जति चर्चित भइन्, त्यहि चर्चा चुनावमापनि भयो । तर चर्चाको प्रकारले धेरै महत्व राख्छ भनेझै भारतको लोकसभा चुनावमा आफ्नै दल खोलेर उम्मेदवार बनेकी राखी सावन्तले १५ भोट पाएकी छिन् ।
अभिनेत्री राखी सावन्तले १५ भोट मात्र पाएपछि अहिले यसले बलिउड चलचित्र उद्योगमा मात्र नभएर भारतकै राजनैतिक इतिहासमा व्यापक चर्चा पाएको छ । यति मात्र होइन, उनले चुनाव हारेपछि सामाजिक सञ्जाल फेसबुक, ट्विटर तथा अन्य धेरै माध्ययमबाट चर्चामा रहेकी छिन् । विभिन्न तबरले मिडियामा आउन सिपालु राखी चुनावमा उठेपछि बलिउडले पनि यसलाई निक्कै चासोका साथ हेरेको थियो । राखीले कती भोट पाउनेहुन् भन्ने चर्चा उनले पार्टि स्थापना गरेदेखी नै व्यापक चर्चा चलेको थियो । तर ३ पटकसम्म मतगणना गर्दा पनि राखीले जम्मा १५ भोट पाएकी छिन् । उनको जमानत जफत भएको छ । राष्ट्रिय आम पार्टीको तर्फबाट निर्वाचन लडेकी राखी जती मिडियामा चचिर्त थिइन्, त्यसको तुलानामा उनको लोकप्रियता चुनावमा भने नदेखीएको बलिउड सञ्चार माध्ययमहरुले लेखेका छन् ।

प्रतिक्रिया