Bisal Chautari Logo

‘रेशम फिलिली’को सम्पुर्ण कलेक्सन २ करोड ७० लाख ग्रस (सुची सहित)

- २२ भाद्र २०७२, मंगलवार १०:३२ मा प्रकाशित


resham filili movie Income 2 crore 70 million 12 thousand 1 hundred and 23 RS
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ भाद्र २२ मंगलबार । चलचित्र ‘रेशम फिलिली’को सम्पुर्ण आम्दानी सार्वजनिक गरिएको छ । चलचित्रका निर्माता माधव वाग्लेले दिएको सम्पुर्ण आम्दानीको कलेक्स जोड्दा कुल आम्दानी २ करोड ७० लाख १२ हजार १ सय २३ रुपैया रहेको छ । सार्वजनिक गरिएको आम्दानीमा चलचित्रले नेपाल र विदेशबाट गरेको कलेक्सनसंगै डीभीडी राइट, स्पोन्सर समेत जोडिएको छ ।

resham filili movie Income 2 crore 70 million 12 thousand 1 hundred and 23 RS
भूकम्प जानुअघि बैशाख ११ गते रिलिज भएको कमाइपनि यसमा जोडिएको छ । बैशाख ११ गते शुक्रबारको कलेक्सन ४८ लाख २० हजार २ सय २३ रुपैया काठमाडौमा र उपत्यका बाहिर २१ लख १५ हजार ६१ रुपैया चलचित्रले कलेक्सन गरेको थियो । उपत्यका र उपत्यका बाहिरको जम्मा कलेक्सन ६९ लाख ३५ हजार २ सय ८४ रुपैया रहेको थियो ।
भाद्र ११ देखी १७ गते (एक हप्ता) सम्मको कमाई काठमाडौमा ८२ लाख ९२ हजार ९ सय २८ रुपैया रहेको छ भने, काठमाडौ बाहिरको कमाई २२ लाख ९८ हजार ९ सय ११ रुपैया रहेको छ । काठमाडौ र काठमाडौ बाहिरको कलेक्सन जोड्दा (१०५९१८३९) १ करोड ५ लाख ९१ हजार ८ सय ३९ रुपैया रहेको छ ।
बैशाख ११ गतेको कमाई र भाद्र ११ देखी १७ गते सम्मको कमाई जोड्दा (१७५२७१२३) १ करोड ७५ लाख २७ हजार १सय २३ रुपैया पुगेको छ ।
त्यस्तै विदेशबा ७७ लाख ६५ हजार कमाइ रहेको छ, भने डिभिडीबाट १४ लाख कमाइ रहेको छ । साथै स्पन्सरबाट ४ लाख रहेको छ । यी सबै रकम जोड्दा चलचित्र ‘रेशम फिलिली’को सम्पुर्ण आम्दानी (२७०९२१२३) २ करोड ७० लाख ९२ हजार १ सय २३ रुपैया भएको छ ।
निर्माता माधव वाग्लेले चलचित्र अझै पनि केही हलहरुमा प्रदर्शन भैरहेको बताएका छन् । प्रणव जोशी निर्देशित चलचित्रमा विनय श्रेष्ठ, मेनुका प्रधान, कामेश्वर चौरासिया कर्मा लगायत मुख्य भुमिकामा देखिएका छन् । चलचित्रको चर्चित गीत ‘जालमा’लाई युट्युवमा ३० लाखले हेरेको छ ।

प्रतिक्रिया