Bisal Chautari Logo

उदयपुरबाट एनेकपा माओवादी उम्मेदवार सिफारिस

- ७ भाद्र २०७०, शुक्रबार ११:२९ मा प्रकाशित


सचिन बशिष्ठ
७, भाद्र, उदयपुर ।
एकिकृत नेकपा माओवादी उदयपुरले जिल्लाको ३ वटै निर्वाचन क्षेत्रका लागि प्रत्यक्ष तथा समानुपातिकतर्फको सम्भावित उम्मेदवारहरुको नाम सिफारिस गरेको छ । 
प्रत्येक निर्वाचन क्षेत्रबाट पााच जनाको दरले उम्मेदवारीको नाम सिफारिस गरेको उदयपर संयोजक मोहनबहादुर खत्रीले बताए । शुक्रबार विहान पत्रकारसम्मेलनको आयोजना गरी सार्बजनिक गरिएअनुसार प्रत्यक्षतर्फ क्षेत्र नं. १ बाट पुष्प बस्नेत, सुरेश राई , राजन किराती , गणेश थाम्सुहाङ र बुङ्मा राई रहेका छन् ।
त्यस्तै क्षेत्र नं. २ बाट मिनबहादुर ज्यू ठकुरी, भिमबहादुर अधिकारी, घुरन चौधरी, द्रोण पौडेल रहेका छन् भने क्षेत्र नं. ३ मा खुम्वराज खत्री, विनोद कटुवाल, मोहनबहादुर खत्री , केपी बराल र राममणी पौडेल रहेका छन् । 
त्यसैगरी समानुपातिक तर्फ क्षेत्र नं. १ मा सम्झना तामाङ, देवनारायण चौधरी, अनुजा प्रधान, विष्णीदेवी सदा, भीम विक रहेका छन् भने क्षेत्र नं. २ मा नारायण बुर्जामगर, लिलबहादुर परियार, राजन दनुवार, समिक्षा मगर, विजेन्द्रलाल कर्ण र भेषकुमारी राउत रहेका छन् । त्यस्तै क्षेत्र नं. ३ मा ढुङ्गराज वि.क., झण्डबहादुर राई, भगवती खनाल, कुमारसिंह राई र इन्द्रवती अधिकारी दनुवार रहेका छन् ।  छनौट गरिएका सम्भावित उम्मेदवारहरुको नाम शुक्रबारै केन्द्रमा पठाईने जनाईएको छ । 
उम्मेदवारी सिफारिससमेत गरिसकेको सो पार्टीले निर्वाचन परिचालनका लागि एक बुथमा दुई सय जना वाईसियल तयार गर्ने, गाउा तहसम्म निर्वाचन परिचालन समिति गठन र मतदान केन्द्र प्रतिनिधि तोक्ने पनि जनाईएको छ ।  

प्रतिक्रिया