Bisal Chautari Logo

दशरथ रंगशालामा ‘टिन स्टार नेपाल–२०१५’ को दोस्रो अडिसनसंगै फोटोशुट

- १९ भाद्र २०७२, शनिबार १४:२१ मा प्रकाशित


Teen Star Nepal 2015 The second audition with Photo Shoot
विशाल चौतारी समाचार
तस्बिरहरु : विशाल राई
काठमाडौ, २०७२ भाद्र १९ शुक्रबार । बालबालिकाहरुको कन्फिडेन्स डिभ्लभ गराउनका लागी अध्ययनसंगै अन्य क्रियाकलापहरु र बालबालिकाहरुमा भएको खास प्रतिभालाई कदर गराउन मर्निङ ग्लोरीले आयोजना गरेको ‘टिन स्टार नेपाल–२०१५’ को ‘टिन स्टार नेपाल–२०१५’ को दोस्रो अडिसनसंगै फोटोसुट सम्पन्न भएको छ ।

Teen Star Nepal 2015 The second audition with Photo Shoot
आज दशरथ रंगशालाको परिसरमा गरिएको ‘टिन स्टार नेपाल–२०१५’ को दोस्रो अडिसनसंगै फोटोसुट पनि सम्पन्न भएको हो । दोस्रो अडिसनमा चर्चित आरजे, मोडल तथा कोरियाग्राफर कला सुब्बालेपनि उपस्थित भएकी थिइन् । सुब्बाले विशाल चौतारी डटकमसंग कुराकानी गर्दै पहिलो प्रतियोगीतामै बालबालिकाहरु धेरै सहभागी भएको र सबै प्रतियोगी बालबालिकाहरु प्रतिभावान् रहेको बताइन् । यस प्रतियोगीताको कोरियोग्रफर कला सुब्बा हुन् ।

Teen Star Nepal 2015 The second audition with Photo Shoot (3)
त्यस्तै आयोजक संस्थाकी अध्यक्ष मोहना क्षेत्री खनालले बालबालिकाहरु धेरै सहभागी भइरहेको र सहभागी गराउन इच्छुक अविभावकहरुहरुले आफ्नो बालबालिकाहरुलाई सहभागी गराउन समेत आग्रह गरिन् । प्रतियोगीताका लागि कक्षा ७ देखि १२ सम्मका किशोरकिशोरीले भाग लिन पाउनेछन् । यो प्रतियोगीता पहिलोपटक हुन लागेको हो । यसअघि मर्निङ ग्लोरीको आयोजनामा लिटल च्याम्प, सुपर किड्सजस्ता प्रतिस्पर्धा सम्पन्न भइसकेको छन् । एसिस्नेट कोरियोग्राफीमा बिपास्ना क्षेत्री खनाल रहनेछिन् ।

Teen Star Nepal 2015 The second audition with Photo Shoot (2)
प्रतियोगीतामा मुख्य टाइटलहरु क्रमश: विनर ‘टिन स्टार नेपाल–२०१५’, फस्ट रनरअप, सेकेन्ट रनरअप र थर्ड रनरअप विधामा विजेता छनौट गरिनेछ । सब–टाइटलमा बेस्ट फोटोजेनिक, बेस्ट डिसिप्लेन, बेस्ट ड्रेस, मोस्ट एक्टिभ, बेस्ट हेयर, मोस्ट फ्रेण्डली, बेस्ट स्माइल, मोस्ट कन्फिडेन्ट, मोस्ट चार्मिङ लगायत विधामा ट्रफी दिइने आयोजकले बताएको छ । प्रतियोगीताको अफिसियल मिडिया पार्टनरमा विशाल चौतारी मिडिया प्राली (विशाल चौतारी डटकम) रहेको छ ।

Teen Star Nepal 2015 The second audition with Photo Shoot (1)

प्रतिक्रिया