Bisal Chautari Logo

मोडल ह्यारी योञ्जन लिम्बु बनेपछी….

- १० भाद्र २०७२, बिहीबार १६:४६ मा प्रकाशित


harry yonjan nepali model
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ भाद्र १० बिहिबार । कथाले मागेपछी कलाकार हरेक टेकमा फरक फरक रुपमा देखिनुपर्ने हुन्छ । यस्तै एक म्युजिक भिडियोमा मोडल ह्यारी योञ्जन लिम्बु बनेका छन् । उनलाई लिम्बु बनाउने निर्देशक युगल पोमो हुन् । गायिका दिपा लामा र गायक शम्भु लिम्बुको स्वरमा रहेको गीतको म्युजिक भिडियो बनेको हो ।

harry yonjan nepali model (3)
पछिल्लो समय नेपाली म्युजिक भिडियोमा चलेका नाम युगल पोमोले निर्देशन गरेको ‘पुर्वैको मारुनी’ बोलको गीतमा ह्यारीलाई लिम्बु बनाएका छन् । मोड्लिङ क्षेत्रमा ७० सालदेखी सकृय रहेका ह्यारीले अहिले सम्म दुई दर्जन भन्दा बढी म्युजिक भिडियोमा मोड्लिङ गरिसकेका छन् । राष्ट्रिय नाचघर जमलबाट अभिनय सिकेर मोड्लिङमा होमिएका ह्यारी छोटो समयमा धेरै म्युजिक भिडियोमा काम गरिसकेका छन् । ह्यारी भन्छन्, –‘ म्युजिक भिडियोमापनि फरकपन र रोमान्टिक गीतहरु काम गर्न मन लाग्छ । पछिल्लो चोटी भएको यो म्युजिक भिडियोपनि फरक शैली, अनी पुर्वेली मारुनी भाकालाई जगेर्णा गर्ने भएकालेपनि मैले काम गरेको हो’, ह्यारीले बताए । पुर्वेली मारुनी भाकाको गीतमा उनले खुलेरै मारुनी नृत्य गरेका छन् ।

harry yonjan nepali model (1)
म्युजिक भिडियोका बारेमा बोल्दै निर्देशक युगलले यो गीतको भिडीयोलाई तिहारको दिउसीभैलोको समयमा नचाउने र चाच्न मिल्ने भएकाले सोही समयमा सार्वजनिकपनि गरिने बताए । शब्द तथा संगित शशी गुरुङको रहेको यस गीतको भर्खरै म्युजिक भिडीयो केही दिन अगाडी छायांकन सम्पन्न गरिएको हो । ज्ञानेन्द्र शर्माले खिचेको यस म्युजिक भिडियोमा मेकअप संगीता लामाको रहेको छ । harry yonjan nepali model (5)

harry yonjan nepali model (4)

प्रतिक्रिया