Bisal Chautari Logo

‘होस्टल रिटन्र्स’को बिशेष प्रर्दशनमा रुचाइयो || ६ दिनमा १ करोड ४७ लाख कमायो

- १० भाद्र २०७२, बिहीबार १५:३४ मा प्रकाशित


Hostel Returns movie business_ 6 Days 1 crore 47 million gross
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ भाद्र १० बिहिबार । देशमा भएको बन्द र विरोधका बीचपनि गत शुक्रवारबाट प्रदर्शनमा आएको सुनिल रावलको चलचित्र ‘होस्टल रिर्टन्स’ले उत्साहजनक व्यवसाय गरेको छ । आज बिहिबार दिउसो सिटी सेन्टरस्थित बिग मुभिजमा आयोजित विशेष प्रदर्शन समारोहमा चलचित्रका निर्माता रावलले शुक्रवारदेखि बुधवारसम्म (६ दिन) मा चलचित्रले १ करोड ४६ लाख ६२ हजार ७ सय ६२ रुपैया ग्रस कलेक्सन गरेको बताएका छन् ।

Hostel Returns movie business_ 6 Days 1 crore 47 million gross (1)
बिहिबार विशेष समारोहमा चलचित्र ‘होस्टल रिर्टन्स’लाई हेर्ने प्राय सबैले रुचाएका छन् । सञ्चारकर्मीहरुलेपनि सिनेमालाई राम्रो भनेर प्रसंशा गरेका छन् । सबै सञ्चारकर्मीहरुले सिनेमा राम्रो बनेको भन्दै आफ्नो फेसबुक तथा ट्विटरहरु मार्फत निर्माता सुनिल रावल र सिनेमाका टिमलाई बधाइ दिइरहेका छन् ।

Sushil Shrestha and Sashi Shrestha Hostel Returns movie (2)
यसअघि ‘शायद’ तथा ‘होस्टल’ बाटपनि व्यवसायिक सफलताको स्वाद चाखिसकेका निर्माता रावलले दुर्गिस फिल्म्सबाट निर्माण गरेको ‘होस्टल रिटन्र्स’मा ईन्जिनियरिङ विषयको अध्ययन गरिरहेका विद्यार्थीहरुको कलेज तथा होस्टल जीवनलाई आकर्षक शैलीमा चित्रण गरिएको छ । चलचित्रलाई युवापुस्ताका दर्शकले अत्यधिक रुचाएको पाइएको छ ।

Hostel Returns movie business_ 6 Days 1 crore 47 million gross (2)
रावलले चलचित्रको डिभिडी राईट्स ११ लाख रुपैयाामा विक्रि गरिसकेको बताउदै स्वदेश तथा विदेशको प्रदर्शनबाट साढे दुई करोड रुपैयााको व्यवसाय गर्ने अनुमान गरे । चलचित्रमार्फत सुशिल श्रेष्ठ तथा शशी श्रेष्ठले नायक तथा नायिकाको रुपमा डेब्यू गरेका छन् ।

Sushil Shrestha and Sashi Shrestha Hostel Returns movie (1)उनीहरुसहित चलचित्रमा रंगमञ्चको पृष्ठभूमि भएका युवा कलाकारहरु मुख्य भूमिकामा छन् । दीया मास्के तथा निर्मल शर्मा समेत प्रभावकारी भूमिकामा रहेको यो चलचित्रमा सुशिल सिटौला, नाजिर हुसैन, स्वस्तिमा खड्का, अभय बराल आदि कलाकारले पनि आकर्षक भूमिका निर्वाह गरेका छन् ।

Hostel Returns || Trailer 2 || Nepali Movie
Director :Suraj Bhushal
Creative Producer: Durgish Thapa
Producer/Story : Sunil Rawal
Music & Lyrics : Swapnil Sharma
Actors : Sushil Shrestha, Sashi Shrestha,Swastima Khadka, Abhaya Baral, Naajir Husain etc…..
Screenplay & Dialogue : Suraj Bhushal, Santosh Lamsal
Choreographer : Govinda Rai, Suraj Bhusal
Action : Asta Maharjan
Cinematographer : Hari Humagain
Colorist : Rajendra Moktan
Editor : Dirgha Khadka
Hair Stylist : Sangita Karki
Make-up : Saroj Budhathoki
Art Director : Madhu Gewali
Background Score : Rohit Shakya, Shailesh
Sound Engineer : Uttam Neupane
Educational Partner : NEPAL EDU CENTER

Hostel Returns movie press special show

प्रतिक्रिया