Bisal Chautari Logo

रंग पत्रकार अनिल अब गीतकारपनि

- ६ भाद्र २०७२, आईतवार १७:०५ मा प्रकाशित


anil yadav lyricist

विशाल चौतारी समाचार
काठमाडौ, २०७२ भाद्र ६ आइतबार ।
लामो कालो केश तिम्रो छोइदिउ जस्तो लाग्छ
पलपलको दु:खमा तिम्रो रोइदिउ जस्तो लाग्छ…
रंग पत्रकार अनिल यादवले लेखेको यो गजल गीत बनेको छ । राजधानी स्थित अनामनगरमा रहेको गुञ्जन रेकर्डिङ स्टुडियोभित्र यसको रेकर्डिङ सम्पन्न भएको हो ।

anil yadav lyricist
गायक पुष्कर सुनुवारले गीतमा स्वर दिएका छन् । खेम विश्वकर्माले संगीत भरेका छन् भने पुष्कर आफैले म्यूजिक एरेन्ज गरेका छन् । ‘यो मैले लेखेको पहिलो गजल हो’, गजल लेखनमा रुची राख्ने पत्रकार यादवले भने, ‘गजल श्रृंगारिक छ । गायक, संगीतकार र एरेन्जरले शब्दलाई झन सुन्दर बनाइदिने कोशिष गर्नुभएको छ ।’ एकसाताभित्र गीतको अडियो रिलिज गर्ने र केही समयभित्रै भिडियो तयार भइसक्ने पनि उनले जानकारी दिए ।

प्रतिक्रिया