Bisal Chautari Logo

विश्वकै कान्छा निर्देशक सौगातको ‘लभ यु बाबा’ले टोकियोबासीलाई रुवायो

- ३२ श्रावण २०७२, सोमबार १४:५० मा प्रकाशित


The world youngest director saugat bista to love you baba crying Tokyo residents
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ साउन ३२ सोमबार । पछिल्लो समय नेपाली चलचित्र क्षेत्रमा धेरै बनेका सिनेमा मध्ये गिनिज वुक अफ वल्र्ड रेकर्ड राख्न सफल विश्वका कान्छा निर्देशक सौगात विष्टले निर्देशन गरेको नेपाली चलचित्र ‘लभ यु बाबा’ले हेर्ने जोसुकै दर्शकहरुलाई रुवाउने अवस्य छ । यही चलचित्रले गत आईतवार जापानको टोकियोबासीहरुलाई रुवाएको छ ।

The world youngest director saugat bista to love you baba crying Tokyo residents
शनिवारबाट सुरु भएको सिनोओकुवो फिल्म फेष्टिवलमा छनौटमा परेको नेपाली चलचित्र लभयु वावाले दर्शकको मन जित्न सफलभयो । पारिवारिक कथामा आधारित चलचित्रमा वुवा छोरीवीचको कथाले सहभागि दर्शकहरुलाई रुवाएको थियो । चलचित्र हेर्न पुगेका पााचथरका दीपक मैनाली वुवा छोरीको माया तथा स्नेहसंगै चलचित्रको कथाले मन छोएको प्रतिकृया दिए । चलचित्रको पहिलो खण्डमा हास्यप्रदान कथाले दर्शकलाई पेटमिचिमिचि हसाएको थियो भने दोस्रो खण्डमा अधिकांस दर्शकलाई रुवाएको थियो । मध्यम परिवारका वुवा छोरीको मायासंगै भएको दुखद अन्त्य सामान्य नेपालीको कथा नै चलचित्रको सार रहेको निर्देशक विष्टले सहभागिहरुलाई प्रष्टयाएका थिए ।
कार्यक्रममा सहभागि जापानीहरुले निर्देशक विष्टको कला तथा निर्देशन क्षमता वारेमा चासो राखेका थिए । सहभागिहरुको जिज्ञासा समाधान गर्दै निर्देशक विष्टले भविश्यमा सफल द्धन्द्ध निर्देशक वन्ने लक्ष्य रहेको बताए । कार्यक्रममा सहभागि निर्देशक विष्टकी आमा सम्झनाले छोराको हरेक कुरामा सुक्ष्म रुपमा जिज्ञासा राख्ने वानी तथा फिल्मी क्षेत्रको अनुभवले निर्देशन गर्न सफल भएको बताउनुभयो ।
कखरा तथा जन्मभूमि लगायतका डकुमेन्ट्रिमा अभिनय गर्दाताका गरेको विस्तृत अध्ययनले निर्देशन गर्ने हौसला दिएको निर्देशक विष्टले सहभागिहरुलाई सुनाएका थिए । आठ वर्षको उमेरमा गरेको काम र उनको क्षमता अपत्यारिलो भएपनि उनको भनाई र जवाफका कारण सहभागिहरुले अचम्म लागेको प्रतिकृया दिएका थिए । कार्यक्रम सकिए लगत्तै सहभागि दर्शकहरुले निर्देशक विष्ट सहित आमा सम्झना पौडेललाई वधाई दिए ।
साताव्यापी फेष्टिवलमा कोरियन, चाईनिज, थाई, वेल्जियम, नेपाली तथा सिंगापुर लगायतका देशका फिल्महरुको छनौट गरिएको आयोजकले जनाएको छ । कार्यक्रममा नेपाली सफलताको कथा डकुमेन्ट्रि सुनकली समेत प्रर्दशन गरिने छ ।

प्रतिक्रिया