Bisal Chautari Logo

पुजना र निर्मलको ‘चकलेट’ मंसीर १८ बाट अलनेपाल

- २४ श्रावण २०७२, आईतवार ०६:४६ मा प्रकाशित


CHOCOLATE Movie is finalized to release in all Nepal on 4th December 2015
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ साउन २४ आइतबार । हङकङमा भव्य प्रदर्शन सकेर चर्चा बटुल्न सफल भएको चलचित्र चकलेटको अफिसियल प्रदर्शन मिति सार्वजनिक गरिएको छ । अभिनेत्री पुजना प्रधानले निर्माण गरेको अनी हास्य अभिनेता निर्मल शर्माले निर्देशन गरेको चलचित्र अब आउदो मंसीर १८ गते देखी देशव्यापी लाग्ने भएको छ ।

CHOCOLATE Movie is finalized to release in all Nepal on 4th December 2015
हङकङमा रेडकार्पेट प्रिमियर शोको आयोजना गरेपछि निकै रुचाइएको चलचित्र चकलेट अझै ११ वटा देशमा प्रदर्शन हुने बताइएको छ । चलचित्र चकलेटमा पुजना स्त्री, आयुष्मान घिमिरे, नम्रता झा, अनुज शाक्य, केशव भट्टराई, सुमन गैरे लगायत आधा दर्जनभन्दा बढि बालबालिकाको अभिनय देख्न सकिन्छ । चलचित्र ‘चकलेट’ पूजना स्त्रीको प्रस्तुतीमा खुशी गुरुङ, प्रितीमाया गुरुङ र केशव तामाङले संयुक्त रूपमा निर्माण गरेका हुन् ।
सडक बालबालिकाको कथालाई उठान गरिएको चलचित्र चकलेट एक पटक सबैले हेर्नु पर्ने नायिका पुजनाले बताएकी छिन् । सडक बालबालिकाको अवस्थालाई चित्रण गरेका कारण चलचित्रले सबै बर्गका दर्शकको मन छुने पुजनाले विश्वास व्यक्त गरेकी छिन् । त्यस्तै चलचित्रका निर्देशक निर्मल शर्मा ‘गैडा’ले आफ्नो निकै मेहेनत गरेर चलचित्र निर्माण गरेको बताए ।

प्रतिक्रिया