Bisal Chautari Logo

मोडल मनिको ‘अर्को पाइला’ सार्वजनिक

- १९ श्रावण २०७२, मंगलवार १४:५९ मा प्रकाशित


mani chamling music video
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ साउन १९ मंगलबार । मोडल मनि चाम्लिङले आफ्नो सोलो अभिनय रहेको भिडियो एल्बम ‘अर्को पाइला’ सार्वजनिक गरेका छन् । हालै राजधानीमा एक कार्यक्रमका बिच चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राई, चलचित्र पत्रकार संघका अध्यक्ष शान्ति प्रिय र अलग आर्ट हबका गायक रेवत राई, गायिका पार्वती राई, निर्देशक लोकेन साावाले सायुक्त रुपमा विमोचन गरेका हुन् ।

mani chamling music video
छ वटा म्युजिक भिडियो समावेश रहेको एल्बममा राजेशपायल राई, नवीन के भट्टराई, पार्वती राई र अमर चाम्लिङले स्वर दिएका छन् । एल्बमका भिडियोहरूमा मनिसागै प्रियंका कार्की, अनु गुरुङ, निशा पोम, अनु राई, दिव्या चेम्जोङले अभिनय गरेका छन् । एल्बममा लोकेन्द्र सावा र विज्ञान राईले भिडियो निर्देशन गरेका छन् । कार्यक्रममा ६ वटै भिडियो देखाइएको थियो ।

प्रतिक्रिया