Bisal Chautari Logo

मुस्ताङको गुफालाई कोरी रिचार्डस्ले विश्वकै आश्र्चय बनाए

- १२ भाद्र २०७०, बुधबार ०८:२४ मा प्रकाशित


१२ भाद्र, काठमाडौ । बेलायती अनलाईन डेलि मेलले नेपालको मुस्ताङको गुफाहरुलाई आश्चर्य जनक गुफा भएको बताएका छन् । मुस्ताङमा समुद्री सतहदेखि १ सय ५५ फिटमाथि मानव–निमिर्त रहस्यमयी गुफा छन् । यी गुफाहरु विश्वकै सवभन्दा पुरातात्विक विचित्रतता हो ।
बेलायती अनलाइन डेली मेलका अनुसार ग्रान्ड क्यानोनभन्दा अग्लो बालुवा रंग भीरमा प्वाल खोपिएका छन् । भीरको पाखोमा खनिएको ती गुफा आश्चार्यलाग्दा छन् । तर कसले खोपेर बनाएको पत्तो छैन । किन ती गुफा बनाए भन्ने अझै आश्चायमै छ । मध्य नेपालको उत्तरी भागमा रहेको प्राचीन राज्य मुस्ताङमा यस्ता आश्चार्यजनक गुफाहरु झण्डै सयको संख्यामा छन् । साहसिक फोटोग्राफर कोरी रिचार्डस् र पुरातत्विद् मार्क अल्डेन्डेर्फर मुस्ताङको गुफा खोज्न पुगेका छन् । रिचार्डसले डेली मेललाई भनेका छन्, ‘म नेपालमो फोर्ते भन्ने गाउँमा काम गरिरहेको थिएँ, जहाँ साथी पेट र मैले शेर्पाहरुलाई सुरक्षिण आरोहरणको तरिका सिकाइरहेका थियौं, मलाई पेटले सोध्यो– तिमि मुस्ताङको त्यो प्रोजेक्टमा काम गर्न इच्छुक छौ ।’ रिचार्डले थपेका छन्– ‘उसले मुस्ताको त्यस प्रोजेक्टका बारेमा मलाई भन्यो, मैले त्यसबेला उसले गरेका वर्णन कल्पना पनि गर्न सकेको थिइनँ । तर मैले सोचेभन्दा बिशाल पाएँ ।’ फोटोग्राफर कोरी रिचार्डसले जोखिम मोलेर खिचेका तस्बिरहरु :

प्रतिक्रिया