Bisal Chautari Logo

खोटाङमा बलात्कार आरोपमा पक्राउ परेका युवा कारागार चलान

- १० श्रावण २०७२, आईतवार ११:४२ मा प्रकाशित


KHOTANG in Young was arrested on accused of rape prison
विशाल चौतारी समाचार
खोटाङ, २०७२ साउन १० आइतबार । खोटाङकी एक किशोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका इटहरी नगरपालिका–२ का २९ वर्षीय बाबुराम भन्ने हर्कबहादुर मगर कारागार चलान भएका छन् । गत जेठ–३० गते राति खोटाङकी १४ वर्षीया एक किशोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका मगरलाई जिल्ला अदालत खोटाङको आदेशमा पुर्पक्षका लागि कारागार चलान गरिएको हो ।

khotang news
बलात्कृत किशोरीको आफन्तले असार–१४ गते दिएको उजुरीको आधारमा असार–१५ गते पक्राउ परेका मगरलाई जिल्ला न्यायाधिस इश्वरीप्रसाद गौतमको एकल इजलासले बिहीबार पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको जनाइएको छ । आरोपित मगर ६ महिनादेखि ना ४ त ७७५३ नम्बरको ट्याक्टर खोटाङमा चलाउँदै आएका थिए ।
पीडित किशोरीलाई मगरकै जिम्मा लगाउने तयारी गरिएको तर उनको जेठी श्रीमती भएको खुलेपछि घटना सार्वजनिक भएको स्थानीयले बताएका छन् । किशोरीको असार–१४ गते जिल्ला अस्पताल खोटाङमा स्वास्थ्य परीक्षण गरेर आफन्तको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय खोटाङ मुद्दा शाखाका प्रहरी नायब निरीक्षक यादव गौतमले जानकारी दिनुभयो ।
यस्तै, मानसिक सन्तुलन गुमाएकी एक युवतीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका खोटाङ बाक्सिला–५ का ६१ वर्षीय लाखमान तामाङ पनि कारागार चलान भएका छन् । स्थानीय २४ वर्षीया युवतीलाई जबरजस्ती बलात्कार गरेको आरोपमा गत असार–८ गते पक्राउ परेका तामाङलाई जिल्ला अदालत खोटाङको आदेशमा बुधबार पुर्पक्षका लागि कारागार चलान गरिएको हो ।
असार–६ गते बलात्कार गरेको आरोपमा पक्राउ परेका तामाङ विरुद्ध असार–१० गते जबरजस्ती करणी महल अन्तर्गत मुद्दा दर्ता गरिएको थियो । मानसिक सन्तुलन गुमाएकी युवतीलाई जबरजस्ती गरेको भन्दै पीडित युवतीका आफन्तले दिएको उजुरीको आधारमा तामाङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
बलात्कारको शिकार भएकी युवतीको हाईमन च्यातिएको र ६ वटा टाँका लगाइएको अनुसन्धानमा खुलेको गौतमले जानकारी दिनुभएको छ । पीडित युवतीलाई महिला तथा बालबालिका कार्यालय खोटाङले दश हजार रुपैयाँ आथिर्क सहयोग गरेको थियो ।
बलात्कृत युवतीको जिल्ला अस्पताल खोटाङमा उपचार गरेपछि आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । उनको अवस्था सामान्य हुँदै गएको पारिवारिक स्रोतले जनाएको छ ।

प्रतिक्रिया