Bisal Chautari Logo

विवाहका लागि इङगेजमेन्ट कार्ड रनविर र कट्रिनाले छपाए

- १३ भाद्र २०७०, बिहीबार १६:०२ मा प्रकाशित


एजेन्सी– केहि समय अगाडि बिकिनि कान्डमा मुछिएका बलिउड अभिनेता रणवीर कपुर र कैट्रिना कैफले चाँडै विवाह गर्ने तयारीमा रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । स्पेनको समुद्र तटमा बिक्नीमा देखिएपछि यी जोडी चर्चामा रहने गरेका थिए । 
पछिल्लो समय भने यी जोडी चाँडै विवाहको घोषणा गर्ने तयारीमा रहेको खबर सार्वजनिक भएको छ । भारतीय सञ्चार माध्यमका अनुसार रणवीरकी आमा नीतु सिंहले विवादित सम्बन्धलाई वैवाहिक बन्धनमा बाँध्ने सुर गरिसकेकी बताइएको छ । कपुर परिवारलाई कट्रिना मन परिसकेकाले पनि यी दुई जोडीलाई पति पत्नीको रुपमा हेर्न चाहेको बताइएको छ । यहाँसम्म कि यी दुई जोडीको इङगेजमेन्टको कार्डसमेत छापिएको बताइएको छ । स्रोतलाई उद्धधत गर्दै भारतीय समाचार एजेन्सीहरुले रणवीर कपुरले कैट्रिनाको बर्थडेमा फिल्मी स्टाइलले प्रपोज गर्ने बताइएको छ । तर हालसालै भएको कैट्रिनाको विवाहमा कपुर परिवारका कुनै सदस्य सहभागी नभएको बताइएको छ । बिक्नी कान्डपछि विवादीत बनेका यी दुई जोडीको इङगेजमेन्ट साँच्चै हुने हुन् वा हल्लामात्र हुन् । आगामी दिनले पक्कै बताउनेछ । तर जे भएपनि यि दुई जोडिलाई फ्यानहरुले निकै रुचाउने गरेको बताइएको छ ।

प्रतिक्रिया